राष्ट्रिय सभा बैठक फेरि सर्यो

काठमाडौं— राष्ट्रिय सभा बैठक फेरि सारिएको छ ।
यसअघि असोज १२ गते बस्ने तय भएको बैठक मंगलबार संघीय संसद् सचिवालयले एक सूचना जारी गरी आगामी १८ गतेका लागि बस्ने जानकारी दिएको छ ।
असोज १२ गते विशेष कारणले बैठक बस्न नसक्ने भन्दै राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले १८ गते दिउँसो १ बजेर १ मिनेटमा बस्ने गरी बैठक तोकेको संघीय संसद् सचिवालयका महासचिव भरतराज गौतमले जानकारी दिए ।
प्रकाशित मिति: मंगलबार, असोज ९, २०८० १३:११













