
काठमाडौं— नेपाल समाजवादी पार्टी (नेसपा) का अध्यक्ष डा.बाबुराम भट्टराईले विभिन्न माग राख्दै उभिएर आन्दोलन गरिरहेका अभियन्ता ईः सँग यथाशीघ्र वार्ता गर्नुपर्ने बताएका छन् ।
१९९ घण्टा लगातार काठमाडौं महानगरपालिका कार्यालय बाहिर उभिएर शहरका गरिब र सडक व्यवसायीहरूको समस्या समाधान गर्नुपर्ने माग उठाइरहेका ईः लगायतका सत्याग्रहीहरूसँग यथाशीघ्र वार्ता गरेर समस्या समाधान गर्नुपर्ने पूर्वप्रधानमन्त्रीसमेत रहेका डा.भट्टराईले बताएका छन् ।
प्रमुख चाडबाडहरू नजिक रहेको बताउँदै डा.भट्टराईले सबैले सम्मानजनक जीवन बाँच्न पाउने व्यवस्था होस् भनेका छन् ।
मंगलबार उनी फेसबुकमा लेख्छन्,‘१९९ घण्टा लगातार काठमाण्डौं महानगरपालिका कार्यालय बाहिर उभिएर शहरका गरीब र सडक व्यवसायीहरूको समस्या समाधान गर्नुपर्ने माग उठाइरहेका ईःलगायतका सत्याग्रहीहरूसँग यथाशिघ्र वार्ता गरेर समस्या समाधान गरियोस् । प्रमुख चाडबाडहरू नजिक छन्, सबैले सम्मानजनक जीवन बाँच्न पाउने व्यवस्था होस् ।’
काठमाडौं महानगरका मेयर बालेन साहले भने वार्तामा बोलाउँदा ईः नआएको बताएका छन् ।
बालेनले भने— ईःलाई संवादमा बोलाउँदा आउनुभएन, राजनीतिक स्वार्थ जोडिएको बुझेको छौं













