News Griha :: न्यूजगृह
चतुर र पारसले सम्झाएपछि चीन लागे सन्दीप

काठमाडौं— बलात्कार मुद्दाका कारण चिन्तित क्रिकेटर सन्दीप लामिछानेलाई नेपाल क्रिकेट संघ (क्यान) का अध्यक्ष चतुरबहादुर चन्द र सचिव पारस खड्काले सम्झाइबुझाइ गरेपछि एसियाली खेलकुद (एसियाड) का लागि चीनतर्फ लागेका छन् ।

एसियाडका लागि नेपाली टोली चीन गएपछि सन्दीप मुद्दाका कारण रोकिएका थिए । आइतबार क्रिकेट संघका अध्यक्ष चन्दसँग भएको भेटमा सन्दीपले आफू मानसिक रुपमा तयार नभएको बताएका थिए ।

सोमबार पनि चन्दसँगै खड्काले फेरि सन्दीपलाई भेटेका थिए । साे भेटमा पनि सन्दीपले आफूलाई गाह्रो भइरहेको बताएका थिए । त्यतिबेला पारसले उनलाई सम्झाएका थिए । 

उक्त छलफलपछि सन्दीप मंगलबार बिहानै त्यसतर्फ लागेका छन् । एसियाली खेलकुदको क्रिकेटमा नेपालले बुधबार मंगोलियाकाे सामना गर्दैछ ।

क्रिकेटर सन्दीप लामिछानेविरुद्धको बलात्कार मुद्दा गत आइतबार स्थगित भएको थियो। 

प्रकाशित मिति: मंगलबार, असोज ९, २०८०  ११:२०
Weather Update