News Griha :: न्यूजगृह
चाडबाड नजिकिएसँगै बजार अनुगमन तीव्र, मापदण्डविपरीत सञ्चालित पसल बन्द

मुगु— चाडबाड नजिकिएसँगै गमगढीमा बजार अनुगमन तीव्र पारिएको छ । अनुगमनका क्रममाः मापदण्डविपरीत सञ्चालित पसल बन्द गराइएको छ ।

खाद्यान्न, खुद्रा, फेन्सी इलेक्टोनिक, सिलाइकटाइ, मोबाइल, तरकारी, होटल, मदिरा, डिजेल, पेट्रोल, मासु पसल पसलका अनुगमन गर्दा मापदण्डविपरीत पाइएको हो ।

जनगुनासो आएपछि मंगलबार जिल्ला संयुक्त अनुगमन टोलीले बजार अनुगमन गरेको थियो । त्यस क्रममा अवैध रुपमा डिजेल ग्यास र पेट्रोल बिक्री गर्ने २ पसलमा अनुगमन टोलीले तालाबन्दी गरेको हो । टोलीले अखाद्य बस्तु बरामद समेत गरेको छ ।

गमगढी बजारमा रहेको सम्झना जनरल स्टोर एण्ड सप्लायर्स फर्ममा डिजेल र पेटोलको २–३ वर्षदेखि अवैध रुपमा कारोबार गरेको देखिएको र मनिसा पेट्रोल निगम फर्ममा बिक्री वितरणको लागि अनुमति नलिइ कारोबार गरेको देखिएपछि तालाबन्दी गरिएको हो ।

अवैध रुपमा गरिने कारोबार नियन्त्रण हुनुपर्ने र सम्बन्धितलाई कारबाही हुनुपर्ने नागरिक समाज मुगुका अध्क्षय रुपबहादुर मल्लले बताए ।

सरोकारवाला निकायमा व्यवसाय अनिवार्य रुपमा दर्ता हुनुपर्ने र यसका लागि व्यवसायीलाई जनचेतना दिर्ने काम उद्योग वाणिज्य संघबाट भइरहेको भए पनि कतिपयले अटेर गर्दै व्यवसाय सञ्चालन गरेको पाइएको उद्योग वाणिज्य संघ मुगुका प्रथम रत्नसिंह मल्लले बताए ।

अवैध कारोबार गर्ने पसलहरुलाई कानुनअनुसार कारबाही गरिने अनुगमन टोलीका प्रमुख सहायक प्रमुख जिल्ला अधिकारी रवीन्द्र अ‍ोखडाले बताए ।

प्रकाशित मिति: बुधबार, असोज १०, २०८०  १०:४६
Weather Update