News Griha :: न्यूजगृह
गाडीको ठक्करबाट बैतडीमा सशस्त्र प्रहरी हवल्दारको मृत्यु

काठमाडौं— बैतडीमा गाडीको ठक्करबाट सशस्त्र प्रहरी हवल्दारको मृत्यु भएको छ । 

मृत्यु हुनेमा पाटन नगरपालिका– ८ हरिचनका ३७ वर्षीय नरेन्द्रसिंह महरा छन् । उनी आश्रित गुल्म बाजुरामा कार्यरत थिए । 

बाजुराबाट घर जाने क्रममा बुधबार बिहान २ बजे दशरथचन्द राजमार्ग अन्तर्गत हरिचन मोडमा उनलाई नम्बर नखुलेको गाडीले ठक्कर दिएको बैतडी प्रहरीले जनाएको छ ।

गाडीको ठक्करका कारण उनको घटनास्थल मै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक योगेश खत्रीले जानकारी दिए । 

महराको मृत्युपछि अहिले दशरथचन्द राजमार्ग अवरुद्ध  छ । मृतकका आफन्तले दोषीको पहिचान नहुँदासम्म गाडी चल्न नदिने चेतावनी दिएका छन् ।

महराको शव बीच सडकमै रहेको छ । प्रहरीले ठक्कर दिने गाडी पहिचानका लागि अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति: बुधबार, असोज १०, २०८०  ०८:२३
Weather Update