News Griha :: न्यूजगृह
सुन तस्करी प्रकरणमा आजदेखि थुनछेक बहस 

काठमाडौं— हङकङबाट तस्करी गरेर ल्याएको करिब ६१ किलो सुन प्रकरणका आरोपितको बयान सकिएपछि बुधबारबाट थुनछेक बहस सुरु हुने भएको छ । 

मंगलबार जिल्ला अदालत काठमाडौंमा प्रहरी नियन्त्रणमा रहेका २६ जनाको बयान सकिएपछि बुधबारबाट थुनछेक बहस हुन लागेको हो । 

जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले फरार तीनसहित २९ जनालाई प्रतिवादी बनाएर अदालतमा मुद्दा दायर गरेको छ । 

 

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: बुधबार, असोज १०, २०८०  ०८:०८
Weather Update