मानव स्रोतले अभिमुखीकरण कार्यक्रम गर्ने, सबै इकाईलाई पत्र

काठमाडौं— शिक्षा तथा मानव स्रोत विकास केन्द्र सानोठिमी भक्तपुरले यही असोज १४ देखि १६ गतेसम्म २०८०/८१ को वार्षिक कार्यक्रम अभिमुखीकरण सञ्चालन गर्ने भएको छ ।
सो कार्यक्रमका लागि केन्द्रको योजना तथा अनुगमन शाखा अधिकृत प्रकाश कुमार खरेलले सबै जिल्ला विकास तथा समन्वय इकाईलाई असोज ४ गते नै पत्र पठाइसकेका छन् ।
अभिमुखीकरण कार्यक्रम बिहान ८ बजेदेखि आदर्श मा.वि.को सभाहल मध्यपुर ठिमीमा हुनेछ ।यसअघि गत भदौ २०—२९ गतेसम्म तय भएको उक्त कार्यक्रम स्थगित भएको थियो ।
प्रकाशित मिति: बुधबार, असोज १०, २०८० १२:०४













