News Griha :: न्यूजगृह
आज फलफूल तथा तरकारीको मूल्यमा सामान्य घटबढ

काठमाडौं— कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले बुधबारका लागि फलफूल तथा तरकारीको मूल्य निर्धारण गरेको छ ।

जसअनुसार ठूलो गोलभेँडाको न्यूनतम मूल्य ३५ रुपैयाँ कायम भएको छ । भने लोकल सानो गोलभेँडाको न्यूनतम मूल्य ४० रुपैयाँ रहेको छ । 

यसैगरी, आलु रातोको ५६, आलु सेतो ३५, प्याज सुकेको भारतीयको ७०,  काउली स्थानीयको ७०,  लौकाको ४०, गाजर लोकल ११०, बन्दा लोकल ४५ रुपैयाँ रहेको छ । 

त्यसैगरी, अनारको ४००, जुनारको ३५०, मौसम १५०, भुइँ कटहर १८० । काँक्रो लोकल ७०, नासपाती लोकल ८० रुपैयाँ रहेको छ । 

 

प्रकाशित मिति: बुधबार, असोज १०, २०८०  ०८:१४
Weather Update