
काठमाडौं— प्रहरी प्रधान कार्यालयले सम्पर्कमा नरहेका २२ जना प्रहरीको नामावली सार्वजनिक गर्दै ७ दिनभित्र सम्पर्कमा आउन निर्देशन दिएको छ ।
आफूखुसी कार्यालयमा गैर हाजिर भएको र खोजतलास गर्दा पनि नभेटिएको भन्दै प्रहरी प्रधान कार्यालयले सातदिने म्याद दिई सम्पर्कमा आउन भनेको हो । कार्यालयको सम्पर्कमा आउँदा गैर हाजिर हुनुको कारण खुलाइ स्पष्टीकरण पेश गर्न पनि भनिएको छ । अन्यथा सेवाबाट हटाउने कारबाही हुने चेतावनी प्रहरी प्रधान कार्यालयले दिएको छ ।
कार्यालयले सार्वजनिक गरेको विवरण अनुसार १८ जना साउन महिनादेखि, ३ जना असार महिनादेखि र १ जना भदौ महिनादेखि कार्यालयमा गैरहाजिर छन् ।
गैरहाजिर भएका प्रहरी सहायक हबल्दारमा धादिङका अमित श्रेष्ठ, अर्घाखाँचीका कमल श्रेष्ठ, झापाका समिर दाहाल र सङ्खुवासभाका जनम राई छन् । यसैगरी सम्पर्कमा नरहेका प्रहरी जवान अमर डाँगी, निवास चौधरी, प्रेम कुँवर, पूर्णबहादुर वली, हेमन्त कुमाल, उमेश लामा, सुस्मित खड्का, दीपक राई, केवोङलिङ आङदेम्बे छन् ।
यस्तै प्रकाश अधिकारी, आशामाया तामाङ, राजकुमार महत, अनिल परियार, जिबहादुर पुन, किशोर थारू, मोहनसिंह बिक, सुरेन्द्र बहादुर शाही र सन्तोष सुनारलाई पनि सात दिन भित्र सम्पर्कमा आउन प्रहरी प्रधान कार्यालयले भनेको छ ।













