News Griha :: न्यूजगृह
इन्द्रजात्राको अघिल्लो दिन कुमारीको पूजा

काठमाडौं— इन्द्रजात्राको अघिल्लो दिन आज बसन्तपुरमा कुमारीको पूजा गरिएको छ ।

नेवारी समुदायमा बेल विवाह नगरेका बालिकालाई कुमारी मानेर पूजा गर्ने प्रचलन छ । तर यो पूजा रोयल कुमारीको भने नभएको र ५०५ कन्या कुमारी पूजा भएको राजन महर्जनले जानकारी दिए ।

उनले भने, ‘दसैँको महानवमीमा हो त्यो कुमारी बनाउने र यो फरक हो । यो पूजा बेग्लै तरिकाले गरिन्छ । बच्चाको रोगहरू नष्ट गर्ने विश्वासले यो पूजा गरिन्छ ।’

गणेश भौरव कुमारीको पूजा गर्ने प्रचलन रहेकाले सोहीअनुसार आज बच्चाहरूले शक्ति प्राप्त होस् भनेर ५०५ कन्या कुमारी पूजा गरिएको बताए ।

भोलि बिहीबारदेखि सुरु हुने इन्द्रजात्राका लागि आज बिहान लिङ्गो उठाइएको थियो । वर्षा र सहकालका देवता इन्द्रको नाममा गरिने इन्द्रजात्राको इन्द्र ध्वजोत्थान बुधबार बिहान गरिएको हो ।  

प्रकाशित मिति: बुधबार, असोज १०, २०८०  १२:४७
Weather Update