News Griha :: न्यूजगृह
पोखराका अस्पतालमा आकस्मिक बाहेकका सेवा बन्द
चिसित्सक कुटपिट घटनामा संलग्नलाई कारबाहीको माग गर्दै काठमाडौंको माइतीघरमा आन्दोलनरत चिकित्सक । फाइल तस्बिर ।

पोखरा— मणिपाल अस्पतालमा चिकित्सकमाथि कुटपिट भएको घटनालाई लिएर बुधबार पोखराका अस्पतालमा आकस्मिक बाहेकका सबै सेवा बन्द गरिएको छ ।

चिकित्सकमाथि एकपछि अर्को गर्दै आक्रमण भइरहेको भन्दै नेपाल चिकित्सक संघ गण्डकीले मंगलबार विज्ञप्ति जारी गर्दै प्रदेशभरका अस्पतालमा आकस्मिक बाहेकका सबै सेवा ठप्प पार्न आह्वान गरेकामा त्यसमा नेपाल चिकित्सक संघले ऐक्यबद्धता जनाएको थियो ।

गण्डकी प्रदेशकै ठूलो अस्पताल पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आकस्मिक बाहेकका सेवा बन्द गरिएको निर्देशक भरत खत्रीले बताए ।

आकस्मिक बाहेकका सेवा बन्द हुँदा गाउँगाउँबाट उपचारका लागि आएका बिरामी समस्यामा परेका छन् ।

प्रकाशित मिति: बुधबार, असोज १०, २०८०  १३:४३
Weather Update