News Griha :: न्यूजगृह
ईसीडी र राहत शिक्षकका माग वार्ताबाट समाधान गर्न माओवादीको आग्रह

काठमाडौं— सत्तारुढ नेकपा माओवादी केन्द्रले संसदमा पेस भएको शिक्षा विधेयकका सम्बन्धमा देखिएको असन्तुष्टिलाई वार्ता र संवादका माध्यमबाट समाधान गर्नुपर्ने निष्कर्ष निकालेको छ ।

पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा पार्टीका कार्यवाहाक अध्यक्ष नारायणकाजी श्रेष्ठको अध्यक्षतामा बसेको पदाधिकारी बैठकले वार्ता र संवादका माध्यमबाट शिक्षा विधेयकमा व्यक्त भएको असन्तुष्टिलाई सम्बोधन गरेर जानुपर्ने निष्कर्ष निकालेको उपाध्यक्ष एवम् प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिए । 

विधेयकका सम्बन्धमा असन्तुष्टि जनाउँदै शिक्षकले केही दिन पहिले काठमाडौं केन्द्रित प्रदर्शन गरेका थिए । सरकारसँगको वार्तापछि अधिकांश शिक्षक नियमित काममा फर्केपनि प्रारम्भिक बालविकास सहजकर्ता (ईसीडी) र राहत शिक्षकले आफ्नो माग सम्बोधन नभएको भन्दै असन्तुष्टि व्यक्त गरिरहेका छन् ।

teachers-aandolan-1695896061.jpg

उनीहरुले उठाएको माग संविधानको मर्म र भावनालाई ख्याल गरेर सम्बोधन गर्न सरकारलाई आग्रह गरिएको प्रवक्ता सापकोटाको भनाइ थियो ।

वार्ता र संवादबाटै सहमतिको बिन्दु पहिल्याउन सकिने ठहर गर्दै बैठकले ईसीडी र राहत शिक्षकले समेत अपनत्व महसुस गर्ने गरी विधेयकमा आवश्यक प्रक्रिया राख्न  अनुरोध गरिएको उनको भनाइ थियो ।

यस्तै बैठकले स्वास्थ्यकर्मी तथा चिकित्सकले उठाएका माग पनि सम्बोधन गर्न सरकारको ध्यानाकर्षण गराएको छ । आफूहरुमाथि आक्रमण भएको भन्दै चिकित्सकले प्रदर्शन गरिरहेका छन् ।

प्रकाशित मिति: बिहीबार, असोज ११, २०८०  १६:०१
Weather Update