माइतीघरमा चिकित्सक आन्दोलन जारी, पेसागत सुरक्षा माग

काठमाडौं— सुरक्षा माग गर्दै चिकित्सकले बिहीबार पनि आन्दोलन जारी राखेका छन् ।
मकवानपुर, कञ्चनपुर, लमजुङ, कास्कीलगायतका जिल्लाका चिकित्सकमाथि कुटपिट भएको विरोधमा चिकित्सकले काठमाडौंको माइतीघरमा आन्दोलन गरेका हुन् ।
उनीहरुले पेसागत सुरुक्षाको ग्यारेन्टी माग गर्दै आक्रमण कार्यमा संलग्न देखिएका दोषीलाई प्रशासनिक एवम् कानुनी कारबाही गर्न माग गरेका छन् ।
उनीहरूले मंगलबारदेखि आन्दोलन सुरु गरेका हुन् ।
यो पनि पढ्नुहोस
स्वास्थ्यकर्मी कुटपिटमा संलग्नलाई कारबाही गर्न गृहको पत्राचार
पोखराको मणिपाल अस्पतालमा डाक्टरमाथि हातपात, एक जना पक्राउ
प्रकाशित मिति: बिहीबार, असोज ११, २०८० १५:१९