ईसीडी र राहत शिक्षकसँग सहमति गर्छौं : शिक्षा मन्त्रालयशुक्रबार, असोज १२, २०८०

गोरखाको हर्मीमा बालबालिकालाई मदिरा र सुर्तीजन्य पर्दाथ बिक्री गर्न रोक शुक्रबार, असोज १२, २०८० गोरखाको सिरानचोक गाउँपालिका–३ स्थित हर्मीमा बालबालिका तथा विद्यालय पोसाकमा रहेका विद्यार्थीलाई मदिरा र सुर्तीजन्य पर्दाथ बिक्री वितरण गर्न रोक लगाइएको छ ।हर्मीमा १६ वर्षमुनिका बालबालिकालाई चुरोट, सुर्ती, खैनीलगायत मदिराजन्य पदार्थ बिक्री वितरण गर्न नपाउने गरी रोक लगाइएको हो ।

पुराना दललाई रविको अपिल— यसरी काम गर्नुस् कि ०८४ मा हाम्रो जमानत जफत होस् शुक्रबार, असोज १२, २०८० राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने आगामी २०८४ सालमा हुने संसदीय निर्वाचनमा आफ्नाजस्ता नयाँ दलको जमानत जफत हुने गरी पुराना दललाई काम गर्न अपिल गरेका छन्।

विद्यार्थी विवरण अद्यावधिक गराउन केन्द्रको पत्रचार शुक्रबार, असोज १२, २०८० शिक्षा तथा मानव स्रोत विकास केन्द्रको शैक्षिक सूचना तथा व्यवस्थापन शाखाले कक्षा ११ र ११ का विद्यार्थी विवरण अद्यावधिक गराउन सबै स्थानीय तहलाई पत्राचार गरेको छ ।

वार्तामा जान्छौं, आन्दोलन पनि जारी राख्छौं : राहत शिक्षक शुक्रबार, असोज १२, २०८० गत हप्तादेखि निरन्तर आन्दोलनरत राहत शिक्षक र शिक्षा मन्त्रालयबीच आज वार्ता हुने भएको छ ।

गाईघाट–दिक्तेल सडकको ठेक्का रद्द गर्ने उच्च अदालतको फैसला शुक्रबार, असोज १२, २०८० देवनारायण पवन–मैनाचुली–खाम्पाचे जेभीले काम अलपत्र परेपछि गाईघाट–दिक्तेल सडक योजनाको कार्यालय उदयपुरले २०७९ पुस ८ गते ठेक्का तोड्ने निर्णय गरेको थियो । उच्च अदालतका न्यायाधीश टेकप्रसाद ढुंगाना र गोकर्ण डाँगीको संयुक्त इजलासले बुधबार खारेज गर्ने फैसला सुनाएको हो ।

म्याग्दीको महभीर गाउँ पहिरोको जोखिममा शुक्रबार, असोज १२, २०८० म्याग्दीको मालिका गाउँपालिका– ४ महभीरको बस्ती पहिरोको जोखिममा परेको छ । बस्तीमाथिको पाखोबाट खसेको पहिरोले दुई वटा घर भत्किएका छन् भने खानेपानी र सडक आयोजनामा क्षति पुुगेको छ । वडासदस्य गर्वे गुरुङले काले कामी र तुलबहादुुर घर्तीको घर भत्किएको र १३ घर जोखिममा परेको बताए ।

फुटबलर विमल घर्तीमगर पनि अस्ट्रेलिया पलायन शुक्रबार, असोज १२, २०८० नेपाली राष्ट्रिय फुटबल टोलीका फरवार्ड विमल घर्ती मगर पनि अस्ट्रेलिया उडेका छन् । उनी देश छोडेर अस्ट्रेलियातर्फ प्रस्थान गरेको तस्बिर गोलनेपाल डटकमले सार्वजनिक गरेको छ । यसअघि सुरक्षित भविष्यको खोजीमा राष्ट्रिय फुटबल टिमका धेरै खेलाडीहरू अस्ट्रेलिया पलायन भइसकेका छन् ।

मन्त्री भुसालको छड्के अनुगमन शुक्रबार, असोज १२, २०८० कृषि तथा पशुपन्छी विकास मन्त्री बेदुराम भुसालले पशुपन्छी विकास अन्तर्गतका केन्द्रीय कार्यालयहरूको छड्के अनुगमन गरेका छन् ।उनले काठमाडौं स्थित त्रिपुरेश्वरमा रहेका केन्द्रीय पशुपन्छी रोग अन्वेषण प्रयोगशाला, राष्ट्रिय खोप उत्पादन प्रयोगशाला, केन्द्रीय रिफरल पशु चिकित्सालय, नेपाल पशु चिकित्सा परिषदको छड्के अनुगमन गरेका हुन् ।

बिरामी भर्ना गरी उपचार गर्ने मेडिकल सञ्चालक पक्राउ शुक्रबार, असोज १२, २०८० अधिकार क्षेत्रभन्दा बाहिर गई बिरामीलाई भर्ना गरी उपचार गरेको अभियोगमा तनहुँको दमौलीस्थित दुई मेडिकल हलका सञ्चालक पक्राउ परेका छन् । पक्राउ पर्नेमा व्यास नगरपालिका–३ पराशर टोलस्थित प्रजुन थापा मेडिकल हल सञ्चालक ५२ वर्षीया विष्णु कुमारी गरौजा र अनसनचौतारास्थित मित्रता स्वास्थ्य क्लिनिकका सञ्चालक ४५ वर्षीय चन्द्रबहादुर चौधरी रहेको जिल्ला प्रहरी कार्यालय...

अब हुम्ला हुँदै मानसरोवर यात्रा गर्न सकिने शुक्रबार, असोज १२, २०८० चीनको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री प्रचण्डले बिहीबार कैलास पर्वत र मानसरोवर ताल क्षेत्रको स्थलगत अवलोकन गरी नेपाली, भारतीय र अन्य देशका पर्यटकहरूले समेत हुम्लाको बाटो भएर सजिलै भ्रमण गर्न पाउने व्यवस्थाका लागि चीन सरकारसँग सैद्धान्तिक सहमति भइसकेको जानकारी दिएका हुन् ।

श्री र फिस्टेलका तीन हेलिकप्टरको उडानमा प्रतिबन्ध बिहीबार, असोज ११, २०८० नेपाल नागरिक उड्डयन प्राधिकरणले उडान नियम उल्लङ्घन गर्ने दुई हेलिकोप्टर कम्पनीका ‘एएस-३५० बी३ई’ हेलिकप्टरको उडानमा रोक लगाएको छ । लुक्ला क्षेत्रमा खराब मौसममा उडान गर्न नहुने नियम उल्लंघन गरेको भन्दै प्राधिकरणले श्री एअरलाइन्स र फिस्टेल एयरको हेलिकप्टरलाई ग्राउण्डेड गरेको हो ।

राष्ट्रपति लगायतले दरबार क्षेत्रमा सवारीसाधन प्रवेश नगराएकोमा मेयर बालेन आभारी बिहीबार, असोज ११, २०८० बिहीबार इन्द्रजात्रामा उपस्थित राष्ट्रपति रामचन्द्र पौडेल लगायत भीभीआईपीहरूले जुद्ध शालिकदेखि गद्दी बैठकसम्म पैदल यात्रा गरेका थिए । काठमाडौं महानगरपालिकाले बसन्तपुर दरबार स्क्वायर क्षेत्रमा सवारीसाधन निषेध गरेको छ ।









