News Griha :: न्यूजगृह
पुराना दललाई रविको अपिल— यसरी काम गर्नुस् कि ०८४ मा हाम्रो जमानत जफत होस्

काठमाडौं— राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने आगामी २०८४ सालमा हुने संसदीय निर्वाचनमा आफ्नाजस्ता नयाँ दलको जमानत जफत हुने गरी पुराना दललाई काम गर्न अपिल गरेका छन् ।

शुक्रबार सामाजिक सञ्जालमा उनले नयाँ दल वा पुराना दलमध्ये एउटाको राजनीतिक सटर बन्द हुनैपर्ने उल्लेख गरेका छन् ।

उनी लेख्छन्, ‘राजनीतिको एउटा सटर त बन्द हुनैपर्छ हजुर !! कि तपाईंको कि हाम्रो । ४ वर्षअघि नै एड्भान्समा घण्टी बजाएर सचेत गराएको छु, सोच्नु होला ।’

उनले सबै पुराना दललाई सहमति गरेर सरकार चलाउन आग्रह गर्दै आफूहरूले प्रतिपक्षी मोर्चा सम्हाल्ने पनि बताएका छन् ।

प्रकाशित मिति: शुक्रबार, असोज १२, २०८०  १०:४५
Weather Update