News Griha :: न्यूजगृह
वार्तामा जान्छौं, आन्दोलन पनि जारी राख्छौं : राहत शिक्षक 

काठमाडौं— गत हप्तादेखि निरन्तर आन्दोलनरत राहत शिक्षक र शिक्षा मन्त्रालयबीच आज वार्ता हुने भएको छ ।

राहत शिक्षकलाई शिक्षामन्त्री अशोककुमार राईले औपचारिक रुपमा वार्तामा बोलाएपछि आन्दोलनरत राहत शिक्षक वार्तामा जाने भएका हुन् ।

सरकारले आफ्ना माग सम्बोधन गरे आन्दोलन स्थगित गरेर कक्षा कोठमा फर्किने तर आफ्ना माग सम्बोधन नहुने भए आन्दोलन जारी राख्ने राहत शिक्षक संघका अध्यक्ष खेम अधिकारीले बताए ।

उनले भने,‘हामी वार्तामा पनि जान्छौं । आन्दोलन पनि जारी राख्छौं । सरकारले हाम्रो सम्बोधन गर्ने प्रतिवद्धता जनाउने बितिकै सडक छाडेर कक्षाकोठामा छिर्छौं ।’

सरकारले गत भदौ २७ गते संघीय संसद्मा दर्ता गराएको विद्यालय शिक्षसम्बन्धी विधेयक, २०८० को विरोधमा राहत शिक्षकले निरन्तर आन्दोलन गरिरहेका छन् ।

प्रकाशित मिति: शुक्रबार, असोज १२, २०८०  १०:००
Weather Update