News Griha :: न्यूजगृह
फुटबलर विमल घर्तीमगर पनि अस्ट्रेलिया पलायन
Photo: goalnepal.com

काठमाडौं— नेपाली राष्ट्रिय फुटबल टोलीका फरवार्ड विमल घर्ती मगर पनि अस्ट्रेलिया उडेका छन् । उनी देश छोडेर अस्ट्रेलियातर्फ प्रस्थान गरेको तस्बिर गोलनेपाल डटकमले सार्वजनिक गरेको छ । 

यसअघि सुरक्षित भविष्यको खोजीमा राष्ट्रिय फुटबल टिमका धेरै खेलाडीहरू अस्ट्रेलिया पलायन भइसकेका छन् । 

हालैमात्र स्ट्राइकर दीपकराज सिंह ठकुरी, पुजन उपरकोटी, रविशंकर पासवान र निशान खड्का अस्ट्रेलिया उडेका थिए । राष्ट्रिय टिमको प्रतिनिधित्व गरिसकेका उनीहरू सुन्दर भविष्यको खोजीका लागि अस्ट्रेलिया हिँडेका हुन् ।

पछिल्लो समय नेपाली राष्ट्रिय टिमबाट खेलिरहेका तथा क्लबमा राम्रो प्रदर्शन गरेका फुटबलहरू सुन्दर भविष्यको खोजीमा अस्ट्रेलिया जाने क्रम बढेको छ । 

 

प्रकाशित मिति: शुक्रबार, असोज १२, २०८०  ०९:११
Weather Update