फुटबलर विमल घर्ती मगरले गरे विवाह

काठमाडौं— नेपालका चर्चित फुटबलर विमल घर्ती मगरले विवाह गरेका छन् । उनले आइतबार आफ्नो फेसबुक अकाउन्टमार्फत बिहेका तस्बिर सार्वजनिक गरेका छन् ।
लिना प्रधानसँग बिहे गरेको विमलले खुलाएका छन् । बिहेका तस्बिर लिनालाई पनि ट्याग गरेका छन् ।
उनले फेसबुकमा लेखेका छन्,‘मेरो हिजो,आज र सधैंभरि...। र,उनी मेरो बेटरहाफ । पछि अरू होइनन् ।’
विमल राष्ट्रिय फुटबल टोलीका स्ट्राइकर हुन् ।
प्रकाशित मिति: आइतबार, भदौ ३, २०८० १८:२०













