News Griha :: न्यूजगृह
श्री र फिस्टेलका तीन हेलिकप्टरको उडानमा प्रतिबन्ध 

काठमाडौं— नेपाल नागरिक उड्डयन प्राधिकरणले उडान नियम उल्लङ्घन गर्ने दुई हेलिकोप्टर कम्पनीका ‘एएस-३५०बी३ई’ हेलिकप्टरको उडानमा रोक लगाएको छ ।

लुक्ला क्षेत्रमा खराब मौसममा उडान गर्न नहुने नियम उल्लंघन गरेको भन्दै प्राधिकरणले श्री एअरलाइन्स र फिस्टेल एयरको हेलिकप्टरलाई ग्राउण्डेड गरेको हो ।

प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलका अनुसार मौसम सफा भएर उडान भर्नुपर्ने मापदण्ड उल्लंघन गरेकाले दुई कम्पनीका तीन हेलिकप्टरलाई अर्को निर्णय नभएसम्मका लागि ग्राउण्डेड गरिएको बताए ।

'दुई कम्पनीका हेलिकप्टरले भिजिबिलिटी एक सय मिटर नभएको अवस्थामा समेत ‘भीएफआर’ नियम मिच्दै हेलिकप्टर उडाएपछि प्राधिकरणले ती दुई हेलिकोप्टरलाई ग्राउण्डेड गरिएको हो,' प्रवक्ता भुलले भने ।

हेलिकप्टर उडानका लागि ‘कन्ट्रोल एअरस्पेस’मा कम्तीमा पाँच हजार र ‘अनकन्ट्रोल एअरस्पेस’मा एक हजार पाँच सय भिजिबिलिटी चाहिन्छ । तीन हेलिकोप्टरको उडानको ‘भिजुअल’का आधारमा ‘क्रिटिकल’ उडान अर्थात् झण्डै दुर्घटनाबाट जोगिएको पाइएका आधारमा ग्राउण्डेड गरिएको प्राधिकरणले स्पष्ट पारेको छ ।

प्रकाशित मिति: बिहीबार, असोज ११, २०८०  २१:२६
Weather Update