News Griha :: न्यूजगृह
सिन्धुलीमा गाडी दुर्घटना, १० घाइते

काठमाडौं— सिन्धुलीको सुनकोशी गाउँपालिका–३ बोहोरेटार नजिक गाडी दुर्घटना हुँदा १० जना यात्रु घाइते भएका छन् ।

सिन्धुलीबाट काठमाडौंतर्फ आइरहेको मधेस प्रदेश ०४–००१ ज ००६२ नम्बरको गाडी बिहान साढे ७ बजेतिर सडकमा पल्टिएको थियो ।

दुर्घटनामा सिन्धुलीको कमलामाई नगरपालिका–६ बस्ने ४६ वर्षीय निरकुमार चालिसे, कमलामाई नगरपालिका ५ बस्ने ४६ वर्षीया कमला घिमिरे, कमलामाई नगरपालिका–१ बस्ने ३४ वर्षीय मुकुन्द थापा, सोही स्थानका ४१ वर्षीय भुवन थापा घाइते भएको प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक चिरन्जीवी दाहालले जानकारी दिए ।

सिन्धुलीकै कमलामाई नगरपालिका–४ बस्ने ४० वर्षीया बबिता देवकोटा, वडा नं‍. ६ बस्ने ४६ वर्षीय विष्णु ढकाल र उनको ११ वर्षीय छोरा निश्चल तथा कमलामाई नगरपालिका– ६ का ४० वर्षीय सरोज थापा पनि घाइते भएका छन् ।

घाइतेलाई उपचारका लागि धुलिखेलतर्फ पठाइएको छ । चालक तेजबहादुर कार्कीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रकाशित मिति: शुक्रबार, असोज १२, २०८०  ११:३७
Weather Update