बढाइएको इन्धनको मूल्य फिर्ता लिन प्रधानमन्त्रीको निर्देशन

काठमाडौं— प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले इन्धनको बढाइएको मूल्य फिर्ता लिन निर्देशन दिएका छन् । नेपाल आयल निगमले शनिबार रातिदेखि लागु हुने गरी इन्धनको मूल्यवृद्धि गरेको थियो ।
चाडबाडको मुखमा निगमले गरेको मूल्यवृद्धिले जनतालाई मार पर्ने भन्दै प्रधानमन्त्रीले आइतबार निगमलाई तत्काल बढाइएको मूल्यवृद्धि फिर्ता लिन निर्देशन दिएका हुन् ।
सरकारकी प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले निगमले गरेको मूल्यवृद्धि तत्काल लागु नगर्न प्रधानमन्त्रीले निर्देशन दिएको जानकारी दिइन् ।
उनले भनिन्,‘चाडबाडको मुखमा मूल्यवृद्धिले सर्वसाधारणलाई मार पर्ने भएकाले प्रधानमन्त्रीज्यूले तत्काल त्यो मूल्यवृद्धि लागु नगर्न निगमलाई निर्देशन दिइसक्नुभएको छ ।’
प्रकाशित मिति: आइतबार, असोज १४, २०८० १३:५२














