पशुपति जलहरी प्रकरणमा तत्कालीन सदस्य सचिव ढकालसहित तीन जनाविरुद्ध भ्रष्टाचार मुद्दा
काठमाडौं— अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पशुपतिनाथ मन्दिरमा जलहरी राख्ने क्रममा सुन हिनामिना गरेको आरोपमा पशुपति क्षेत्र विकास कोषका तत्कालीन सदस्य सचिव डा.प्रदीपकुमार ढकाल र तत्कालीन कोषाध्यक्ष मिलनकुमार थापाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
आयोगले उनीहरुले जलहरी राख्ने क्रममा एक किलो ४९१.७१८ ग्राम सुन हिनामिना गरेको भन्दै त्यसबापतको १ करोड १७ लाख १ हजार ७८१ रुपैयाँ ८५ पैसा भ्रष्टाचार गरेको आरोप लगाएको हो ।
तत्कालीन सदस्य सचिव थापा हाल कोषको सदस्य सचिव छन् । अख्तियारले पशुपति क्षेत्र विकास कोषका तत्कालीन विशेष नाइके अरुणकुमार श्रेष्ठविरुद्ध पनि बिशेट अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
प्रकाशित मिति: आइतबार, असोज १४, २०८० १६:१२













