पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता, १२ बजेपछि लागु हुने

काठमाडौं— नेपाल आयल निगम पेट्रोलियम पदार्थमा मूल्य बढाउने निर्णयबाट पछि हटेको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको निर्देशनपछि निगमले आइतबार राति १२ बजेदेखि लागु हुने गरी मूल्यवृद्धि फिर्ता लिएको हो ।
निगमले मूल्यवृद्धिको निर्णय फिर्ता लिइएको विज्ञप्तिमार्फत जानकारी दिएको छ । निगमले गएराति १२ बजेदेखि पेट्रोलियम पदार्थको मूल्य बढाएको थियाे ।
प्रकाशित मिति: आइतबार, असोज १४, २०८० १५:४७













