News Griha :: न्यूजगृह
मूल्य वृद्धिमा आपत्ति जनाउँदै रविले गरे प्रधानमन्त्रीले बोलाएर बैठक बहिस्कार 

काठमाडौं— राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले  चाडबाडको मुखमा सरकारले मूल्यवृद्धि गरेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बोलाएको बैठक वहिष्कार गरेको बताएका छन् ।   

सरकारले आज आइतबारदेखि लागुहुने गरी इन्धनको मूल्य बढाएको थियो । इन्धनलगायत दैनिक उपभोग्य वस्तुमा समेत मूल्यवृद्धि भएको उपभोक्ताले बताएका छन् ।

मूल्यवृद्धिप्रति आपत्ति जनाउँदै आइतबार रवि लेख्छन्,‘चाडपर्वको मुखमा आम उपभोक्तालाई मारपर्ने गरी सरकारले गरेको मुल्यवृद्धिप्रती हाम्रो गम्भीर आपत्ति छ । यसको विरोध स्वरूप आज प्रधानमन्त्रीज्यूले बोलाउनु भएको अन्य विषयको बैठक हामीले बहिष्कार गरेका छौं । थप कार्यक्रमबारे जानकारी दिनेछौं ।’


 

प्रकाशित मिति: आइतबार, असोज १४, २०८०  ११:१८
Weather Update