News Griha :: न्यूजगृह
काभ्रेबाट ८ जना जुवाडे पक्राउ
प्रतीकात्मक तस्बिर । 

काठमाडौं— जुवातास खेलिरहेको अवस्थामा प्रहरीले काभ्रेबाट ८ जना पक्राउ गरेको छ ।

पनौती नगरपालिका–५,चौकोटस्थित घनश्याम अधिकारीको होटेलमा जुवातास खेलिरहेको अवस्थामा प्रहरीले अधिकारीसहित ८ जनालाई शुक्रबार राति पक्राउ गरेको हो ।

पक्राउ परेका अन्यको नाम प्रहरीले सार्वजनिक गरेको छैन । उनीहरूको साथबाट ५५ हजार ९९० रुपैयाँ र एक बुक तास बरामद भएको प्रहरीले जनाएको छ ।  

प्रकाशित मिति: शनिबार, असोज १३, २०८०  १७:५८
Weather Update