मन्त्रिपरिषद् बैठक
चार सदस्यीय सुन तस्करी जाँचबुझ आयोग गठन
1694786010.jpg)
काठमाडौं— सरकारले सुन तस्करी जाँचबुझ गर्न आयोग गठन गरेको छ ।
आइतबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले उच्च अदालतका पूर्वन्यायाधीश डिल्लीराम आचार्यको नेतृत्वमा चार सदस्यीय आयोग गठन गर्ने निर्णय गरेको हो ।
सरकारकी प्रवक्ता रेखा शर्माले आयोगको सदस्यमा किशोरङ्ग कार्की, प्रेमराज जोशी र सहकुल थापा रहेको जानकारी दिइन् ।
आयोगले सुन तस्करी रोक्ने सम्बन्धमा अध्ययन गरी व्यवस्थित प्रतिवेदन सरकारलाई बुझाउने शर्माले बताइन् ।
उनका अनुसार आयोगलाई तीन महिना समय दिइएको छ । प्रमुख प्रतिपक्षी नेकपा एमालेले सुन तस्करी छानबिन गर्न आयोग गठन गर्न माग गरेको थियो ।
प्रकाशित मिति: आइतबार, असोज १४, २०८० १३:३३