News Griha :: न्यूजगृह
सरकार र आन्दोलनरत चिकित्सकहरुको वार्ता जारी

काठमाडौं— सरकार र आन्दोलनरत चिकित्सकहरुबीच वार्ता जारी छ । सिंहदरबारस्थित गृह मन्त्रालयमा जारी वार्तामा चिकित्सकहरुले उठाएको मागबारे छलफल भइरहेको छ ।

पोखराको मणिपाल अस्पताल लगायतका स्थानमा चिकित्सकमाथि कुटपिट तथा दुव्यर्वहार भएपछि सुरक्षाको माग गर्दै चिकित्सकहरु आन्दोलनमा उत्रिएका थिए ।

उनीहरुले शनिबार पनि काठमाडौंमा प्रदर्शन गरेका थिए ।  चिकित्सक तथा स्वास्थ्यकर्मीहरु आन्दोलनरत रहेका देशभरका ठूला अस्पतालहरुको स्वास्थ्य सेवा प्रभावित भएको छ ।

प्रकाशित मिति: शनिबार, असोज १३, २०८०  १९:०८
Weather Update