रसुवाबाट तस्करीको १ किलो सुनसहित २ जना पक्राउ

काठमाडौं— प्रहरीले रसुवाको स्याफ्रुबेंसीबाट तस्करीको १ किलो सुन बरामद गरेको छ ।
केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोलीले शनिबार बेलुकी सुनसहित २ जनालाई वेत्रावती पुलबाट पक्राउ गरेको हो । १ किलो सुनलाई चार टुक्रा बनाएर ल्याएको अवस्थामा उनीहरु पक्राउ परेका सीआईबी स्रोतले जनाएको छ ।
गत महिना रसुवाबाट २ किलो सुन बरामद भएको थियो ।
शुक्रबार रातिमात्रै प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट करिब तीन किलो अर्ध ठोस सुनसहित एक जना विदेशी नागरिकलाई पक्राउ गरेको छ ।
केही दिनअघि दोलखाबाट पनि ७ किलो सुन बरामद भएको थियो ।
प्रकाशित मिति: शनिबार, असोज १३, २०८० १८:२७













