मालदिभ्सको राष्ट्रपतिमा मोहम्मद मुइज्जु निर्वाचित

काठमाडौं— मालदिभ्सको राष्ट्रपतिमा मोहम्मद मुइज्जु निर्वाचित भएका छन् । निवर्तमान राष्ट्रपति इब्राहिम सोलिहलाई हराउँदै ४५ वर्षीय मुइज्जु राष्ट्रपति निर्वाचित भएका हुन् ।
बीबीसीका अनुसार राजधानी मालेको मेयरसमेत रहेका मुइज्जुले ‘इन्डिया आउट’ नाराका साथ चुनावी अभियान सुरु गरेका थिए । उनले ५४ प्रतिशत भोट लिएर राष्ट्रपति चुनाव जितेका हुन् ।
नवनिर्वाचित राष्ट्रपति मोहम्मद मुइज्जु सिभिल इन्जिनियर हुन् ।
प्रकाशित मिति: आइतबार, असोज १४, २०८० १०:३५













