News Griha :: न्यूजगृह
 तीनकुने पुलबाट मोटरसाइकल खस्दा एक जनाको मृत्यु

काठमाडौं— काठमाडौंको तीनकुनेमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार स्थानीयले बाग्मती नदी किनारमा बिहान शव देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

शव र मोटरसाइकल पुलको विस्तारका लागि खनिएको खाल्डोमा जमेको पानीबाट क्रेनको सहायताले बाहिर निकालिएको छ ।

प्रहरीले दुर्घटना राति भएको हुनसक्ने जनाएको छ । मृतकको सनाखत हुन बाँकी छ । घटनाबारे विस्तृत विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

प्रकाशित मिति: आइतबार, असोज १४, २०८०  १०:४८
Weather Update