News Griha :: न्यूजगृह
बाँकेको मध्यवर्ती क्षेत्रमा फेला पर्‍यो सकेट बम
बाँकेको मध्यवर्ती क्षेत्रमा फेला पर्‍यो सकेट बम मध्यवर्ती क्षेत्रमा पर्ने राप्ती सोनारी गाउँपालिका–२ स्थित खैरिखोला सुरक्षा पोष्ट नजिकै आज उक्त सकेट बम फेला परेको बाँके निकुञ्जको सुरक्षामा तैनाथ नेपाली सेनाको अर्जुनबाण गणले जनाएको छ । 
४ करोड ठगी आरोपमा सहकारी वित्तीय संस्थाका अध्यक्षसहित ८ जनाविरुद्ध मुद्दा दायर
४ करोड ठगी आरोपमा सहकारी वित्तीय संस्थाका अध्यक्षसहित ८ जनाविरुद्ध मुद्दा दायर नेपाल सहकारी वित्तीय संस्थाका अध्यक्षसहित ८ जनाविरुद्ध ठगी आरोपमा अभियोग पत्र दायर भएको छ ।सहकारीमाथि एकै व्यक्तिको करिब ४ करोड रुपैयाँ ठगी गरेको आरोप लागेको छ । सुरेश चन्द पोदारले ३ करोड ८५ लाख ९० हजार रुपैयाँ ठगिएको भन्दै उक्त सहकारीविरुद्ध जाहेरी दिएका थिए । 
राष्ट्रिय सभा निर्वाचनका लागि निर्वाचन अधिकृत नियुक्त, को कहाँ? 
राष्ट्रिय सभा निर्वाचनका लागि निर्वाचन अधिकृत नियुक्त, को कहाँ?  माघ ११ गते हुने राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले सातै प्रदेशमा निर्वाचन अधिकृत नियुक्त गरेको छ ।  ७ जना जिल्ला न्यायाधीशलाई पुस १६ गतेदेखि लागू हुने गरी निर्वाचन अधिकृत पदमा नियुक्ति गरेको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए । 
सेनाको रिक्त रथी पदमा निर्मल थापाको नाम सिफारिस
सेनाको रिक्त रथी पदमा निर्मल थापाको नाम सिफारिस नेपाली सेनाले रिक्त रथी पदमा उपरथी निर्मलकुमार थापाको नाम सिफारिस गरेको छ । रथी सिताराम खड्काले पुस ३ मा अवकाश पाएसँगै सेनाको बढुवा समितिले उनको ठाउँमा वरियतामा अघि रहेका उपरथी थापाको नाम सिफारिस गर्दै सात दिने सूचना प्रकाशित गरेको हो ।
सुर्तीजन्य पदार्थ बिक्रीमा विराटनगर महानगरको कडाइ, ५९ किलो नष्ट गरियो
सुर्तीजन्य पदार्थ बिक्रीमा विराटनगर महानगरको कडाइ, ५९ किलो नष्ट गरियो पछिल्लो समय महानगरले सुर्तीजन्य पदार्थ बिक्रीवितरण र सेवनमा कडाइ गरेको छ । महानगरले ऐन नै बनाएर सुर्तीजन्य पदार्थको बिक्रीवितरणमा प्रतिबन्ध लगाएको हो । सुर्तीजन्य पदार्थको प्रयोगले मानवीय स्वास्थ्यमा गम्भीर असर पर्नुका साथै महानगरको सरसफाइमा समेत समस्या देखिएकाले प्रतिबन्ध लगाउनुपरेको मेयर नागेश कोइरालाले बताए ।
पशुपतिनाथ मन्दिर परिसरबाट अपहरणमा परेकी नाबालिका अपहरण मुक्त
पशुपतिनाथ मन्दिर परिसरबाट अपहरणमा परेकी नाबालिका अपहरण मुक्त गौशालाबाट अपहरणमा परेकी दुई वर्षीया बालिकाको उद्धार गरिएको छ । पशुपतिनाथ मन्दिरको १ नम्बर गेटबाट मंगलबार साँझ ती बालिका हराएकी थिइन् । उनलाई भक्तपुरस्थित सूर्यविनायक नगरपालिकास्थित दधिकोटबाट अपहरण मुक्त गरिएको काठमाडौं उपत्यका प्रहरी कार्यालय स्रोतले बतायो । अपहरणमा संलग्न आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
जन्मकैद सजाय पाएका सिराहाका ५६ वर्षीय इब्राहिम मिया पक्राउ 
जन्मकैद सजाय पाएका सिराहाका ५६ वर्षीय इब्राहिम मिया पक्राउ  खुन डाँका मुद्दामा जन्मकैदको सजाय पाएका अभियुक्त पाँच वर्षपछि पक्राउ परेका छन् ।
जबरजस्ती करणी मुद्दा : सन्दीपका कानुन व्यवसायीले आज बहस गर्ने, फैसला आजै आउन सक्ने  
जबरजस्ती करणी मुद्दा : सन्दीपका कानुन व्यवसायीले आज बहस गर्ने, फैसला आजै आउन सक्ने   मुद्दामा प्रतिवादी सन्दीपका तर्फबाट हाईप्रोफाइल वकिलहरूले बहस गर्दैछन् । पूर्वमहान्यायाधिवक्ता रमण श्रेष्ठले सुरुदेखि यो मुद्दामा बहस गर्दै आएका थिए । यस्तै, वरिष्ठ अधिवक्ता शम्भु थापाले पनि सन्दीपको पक्षबाट बहस गर्नेछन् । अन्य कानुन व्यवसायीमा कृष्ण सापकोटा, सविता भण्डारी, सरोज घिमिरे, मुरारी सापकोटा र थप एक वकिल छन् । 
पूर्वडीआईजी महेशविक्रम शाह भ्रष्टाचार मुद्दामा दोषी ठहर, सजाय निर्धारण अर्को पेसीमा
पूर्वडीआईजी महेशविक्रम शाह भ्रष्टाचार मुद्दामा दोषी ठहर, सजाय निर्धारण अर्को पेसीमा बुधबार अदालतका न्यायाधीशहरू अध्यक्ष टेकनारायण कुँवर, सदस्यद्वय तेजनारायण सिंह राई र रितेन्द्र थापाको इजलासले पूर्वडीआईजी शाहसहित दुई जनालाई भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको उपरजिष्ट्रार धनबहादुर कार्कीले जानकारी दिए ।
सहकारी घोटाला मुद्दामा १९ जना दोषी ठहर, २१ जनालाई सफाइ
सहकारी घोटाला मुद्दामा १९ जना दोषी ठहर, २१ जनालाई सफाइ बाँकेको पुरानो सहकारीका रुपमा रहेको ‘सहकारी वित्तीय संस्था लिमिटेड’को घोटाला (रकम अपचलन) मुद्दामा १९ जना दोषी ठहर भएका छन् । जिल्ला अदालत बाँकेले बुधबार फैसला सुनाउँदै सहकारीको रकम अपचलन मुद्दामा १९ जनालाई दोषी ठहर गरेको हो ।
बाराबाट १५ लाख मूल्य बराबरका मोबाइलसहित एक जना पक्राउ
बाराबाट १५ लाख मूल्य बराबरका मोबाइलसहित एक जना पक्राउ बारागढी गाउँपालिका वडा नं ३ खोपवा टोल बस्ने रूपन भन्ने रूपनारायण चौधरीलाई प्रहरीले बुधबार पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता दधीराम न्यौपानेले जानकारी दिए । विभिन्न कम्पनीका ५१ थान एन्ड्रोइड मोबाइल र चार्जर प्रहरीले बारागढी गाउँपालिका–३ खोपवा निवासी रूपनारायणको घरबाटै बरामद गरेको हो । 
यस्तो छ आजको मौसम पूर्वानुमान
यस्तो छ आजको मौसम पूर्वानुमान हाल नेपालमा उल्लेखनीय मौसमी प्रणाली नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको छ ।आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ ।
Weather Update