News Griha :: न्यूजगृह
यस्तो छ आजको मौसम पूर्वानुमान

काठमाडौं— हाल नेपालमा उल्लेखनीय मौसमी प्रणाली नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको छ ।

आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ ।
आज राति कोशी र बागमती प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ । देशभरिको तापक्रम  चिसो रहेकोले चिसोबाट बच्न आवश्यक उपायहरू अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

काठमाडौंमा बिहान ५:४५ को न्यूनतम तापक्रम ८ डिग्री सेल्सियस रहेको छ । मौसमविद् सरोज पुडासैनीका अनुसार दिउँसो बढेर १८ देखि २० डिग्री सेल्सियससम्म पुग्नेछ । 

 

प्रकाशित मिति: बिहीबार, पुस १२, २०८०  ०६:२१
Weather Update