जन्मकैद सजाय पाएका सिराहाका ५६ वर्षीय इब्राहिम मिया पक्राउ

काठमाडौं— खुन डाँका मुद्दामा जन्मकैदको सजाय पाएका अभियुक्त पाँच वर्षपछि पक्राउ परेका छन् ।
सिराहाको कल्याणपुर नगरपालिका–१२ बेल्हा बस्ने वर्ष ५६ का मो. इब्राहिम मियालाई सिराहा प्रहरीले पक्राउ गरेको हो ।
खुन डाँका मुद्दामा मियालाई उच्च अदालत जनकपुर राजविराज इजलासले २०७५ पुस १८ मा २० वर्ष (जन्मकैद)को सजाय सुनाएको थियो ।
मियालाई मंगलबार सिराहा नगरपालिका– ७ बाट पक्राउ गरेर बुधबार जिल्ला अदालतमा पेस गरेको थियो ।
अदालतको आदेशमा मियालाई कैद भुक्तानीको लागि कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालय सिराहाले जनाएको छ ।
प्रकाशित मिति: बिहीबार, पुस १२, २०८० १०:२०













