मन्त्रीको गाडीमा आगो लगाइँदासमेत सुरक्षा संयन्त्र बेखबरशुक्रबार, पुस १३, २०८०

बालकुमारीमा मन्त्री प्रकाश ज्वाला सवार गाडीमा आगजनी शुक्रबार, पुस १३, २०८० ललितपुरको बालकुमारीमा भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वाला सवार गाडीमाथि आगजनी भएको छ ।ईपीएसलाई लिएर आन्दोलनमा रहेकाहरूले रिङरोडमा मन्त्री ज्वाला सवार बा २ झ ५८६१ नम्बरको गाडीमा आगो लगाएका हुन् ।मन्त्री ज्वालालाई गाडीबाट निकालेर आगो लगाइएको थियो ।

प्रेमीसँग भाग्न लागेको देखेपछि कास्कीमा श्रीमतीको हत्या शुक्रबार, पुस १३, २०८० कास्कीमा श्रीमतीको हत्या गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । प्रहरीले बिहीबार दिउँसो पोखरा महानगरपालिका– २९ नौबिसे बस्ने एक पुरूषलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका एसपी मोहनकुमार थापाले जानकारी दिए ।

एक हजार दरको नक्कली नोटसहित काठमाडौंबाट महिला पक्राउ शुक्रबार, पुस १३, २०८० प्रहरीले गोकर्णेश्वर नगरपालिका–४, गोकर्ण हनुमान चोकबाट २४ हजार रुपैयाँ बराबरको नक्कली नोटसहित एक जनालाई पक्राउ गरेको छ ।

सुतेकै अवस्थामा नेपाली युवक कोरियामा मृत भेटिए शुक्रबार, पुस १३, २०८० रोजगारीका लागि दक्षिण कोरियामा रहेका झापाको बुद्धशान्ति गाउँपालिकाका एकजना युवा मृत अवस्थामा भेटिएका छन् ।

गभर्नर अधिकारीविरुद्धको रिट न्यायाधीश माथेमाको इजलासमा शुक्रबार, पुस १३, २०८० गभर्नर महाप्रसाद अधिकारीको योग्यतामाथि प्रश्न उठाउँदै परेको रिटको सर्वोच्च अदालतमा आज प्रारम्भिक सुनुवाइ हुने भएको छ ।उनीविरूद्ध परेको रिटको पेसी शुक्रबार सर्वोच्चकी न्यायाधीश सुष्मालता माथेमाको इजलासमा परेको छ । बिहीबार गभर्नर अधिकारीको योग्यतामाथि प्रश्न उठाउँदै अधिवक्ता दीपकराज जोशीसहित चार जनाले रिट दायर गरेका थिए । त्यसको प्रारम्भिक सुनुवाइ शुक्रबार...

पाकिस्तानले नयाँ वर्ष नमनाउने शुक्रबार, पुस १३, २०८० पाकिस्तान सरकारले नयाँ वर्ष २०२४ नमनाउने घोषणा गरेको छ ।कार्यवाहक प्रधानमन्त्री अनावरुल हक काकरले राष्ट्रका नाममा सम्बोधन गर्दै प्यालेस्टिनीहरू प्रति ऐक्यबद्धता देखाउन र नयाँ वर्षमा संयम र नम्रता देखाउन देशवासीलाई आग्रह गरेका छन् ।

झापाको एक प्लाई उद्योगमा आगलागी, तीन लाख बराबरको क्षति शुक्रबार, पुस १३, २०८० अनुप अग्रवालले सञ्चालन गरेको सो प्लाई फ्याक्ट्री नजिकै साइडमा प्लाई बनाउन प्रयोग हुने कच्चा पदार्थ भेनियर राखेको ठाउँमा शुक्रबार बिहान ४ बजे अचानक आगलागी भएको बताइएको छ ।

बाजुरामा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु शुक्रबार, पुस १३, २०८० बाजुराको गौमूल गाउँपालिका नजिकै मालिवनमा गएराति जीप दुर्घटना हुँदा एकजनाको घटनास्थलमै मृत्यु भएको छ । अर्का एक जना घाइते भएका छन् ।मृत्यु हुनेमा खप्तड छेडेदह गाउँपालिका– ६ घर भएका जीप धनी अन्दाजी ३८ वर्षीय देवेन्द्र नाथ रहेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।

सन्दीपविरुद्धको नाबालिग बलात्कार मुद्दामा आज फैसला आउन सक्ने शुक्रबार, पुस १३, २०८० क्रिकेटर सन्दीप लामिछाने विरुद्धको जबरजस्ती करणी मुद्दाको सुनुवाइ शुक्रबार पनि हुँदैछ । बिहीबार बहस भएर ‘हेर्दाहेर्दै’मा राखिएको मुद्दामा आज पनि सुनुवाइ हुने भएको हो । सुनुवाइ नसकिएपछि बिहीबार हेर्दाहेर्दैमा राखिएको थियो । काठमाडौं जिल्ला अदालतका न्यायाधीश शिशिरराज ढकालको इजलासमा जारी सुनुवाइमा प्रतिवादीकै तर्फबाट बयान नसकिएपछि मुद्दालाई हेर्दाहेर्दैमा राखिएको हो ।

मौसम : पहाडमा आंशिक बदली, तराईमा हुस्सु शुक्रबार, पुस १३, २०८० हाल देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा आंशिक देखि मौसम सामान्यतया सफा रहेको छ। लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका थोरै स्थानहरूमा तथा देशका बाँकी तराई भूभागका एक/दुई स्थानमा हल्का देखि मध्यम हुस्स लागेको छ ।

ग्यालेक्सी फोरके टीभीलाई ऋण दिने सूर्यदर्शन सहकारीका उपाध्यक्ष पक्राउ शुक्रबार, पुस १३, २०८० पोखराको सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाका उपाध्यक्ष कैलाशकुमार दर्लामी बिहीबार राति काठमाडौंबाट पक्राउ परेका छन् ।उनी सहकारी ठगी मुद्दामा फरार सूचीमा थिए । प्रहरी स्रोतका अनुसार पक्राउ परेका दर्लामीलाई पोखरा लगिदैछ । उनलाई आजै जिल्ला अदालत कास्कीमा उपस्थित गराइने स्रोतले बतायो ।

गभर्नर महाप्रसाद अधिकारीविरूद्ध सर्वोच्चमा रिट दर्ता, पेसी भोलि बिहीबार, पुस १२, २०८० गभर्नर महाप्रसाद अधिकारीको योग्यतामाथि प्रश्न उठाउँदै परेको रिट सर्वोच्च अदालतले दर्ता गरेको छ । बिहीबार गभर्नर अधिकारीविरूद्ध रिट दर्ता भएको सर्वोच्चका सूचना अधिकारी गोविन्दप्रसाद घिमिरेले जानकारी दिए ।अधिवक्ता दीपकराज जोशीसहित चार जनाले उनीविरूद्ध केही समयअघि नै रिट निवेदन दिएका थिए । उक्त रिट आजमात्रै दर्ता भएको हो । यसको...









