News Griha :: न्यूजगृह
गभर्नर महाप्रसाद अधिकारीविरूद्ध सर्वोच्चमा रिट दर्ता, पेसी भोलि

काठमाडौं— गभर्नर महाप्रसाद अधिकारीको योग्यतामाथि प्रश्न उठाउँदै परेको रिट सर्वोच्च अदालतले दर्ता गरेको छ । बिहीबार गभर्नर अधिकारीविरूद्ध रिट दर्ता भएको सर्वोच्चका सूचना अधिकारी गोविन्‍दप्रसाद घिमिरेले जानकारी दिए ।

अधिवक्ता दीपकराज जोशीसहित चार जनाले उनीविरूद्ध केही समयअघि नै रिट निवेदन दिएका थिए । उक्त रिट आजमात्रै दर्ता भएको हो । यसको सुनुवाइ शुक्रबार हुने पनि सूचना अधिकारी घिमिरेले जानकारी दिए । 

गभर्नर अधिकारी २०७६ चैत २४ गते नियुक्त भएका थिए । नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा २० अनुसार सञ्चालकको योग्यता नभएको रिट निवेदककर्ताको दाबी छ । 

उक्त दफाअनुसार नेपाली नागरिक भएको, उच्च नैतिक चरित्र भएको हुनुपर्छ । 

आर्थिक मौद्रिक, बैंकिङ, वित्तीय, वाणिज्य, व्यवस्थापन, जनप्रशासन, तथ्याङ्कशास्त्र, गणित वा कानुन विषयमा कम्तीमा स्नातकोत्तर उपाधि हासिल गरी आर्थिक, मौद्रिक, बैंकिङ, वित्तीय वा वाणिज्य कानुनको क्षेत्रमा कार्य अनुभव हासिल गरेको हुनुपर्छ ।  

प्रकाशित मिति: बिहीबार, पुस १२, २०८०  १६:५४
Weather Update