
गौशाला-२६ बालिग ठहर, सन्दीपलाई ७ देखि १० वर्षसम्म जेल हुनसक्ने शुक्रबार, पुस १३, २०८० सन्दीप लामिछानेलाई बलात्कार मुद्दामा दोषी ठहर गर्दै जिल्ला अदालत काठमाडौंले उनलाई सजायको आदेश दिएको छ । मुलुकी फौजदारी अपराध संहिता २०७४ को २१९ (ङ) अनुसार सजाय गर्ने फैसला न्यायाधीशले गरेका छन् । यो व्यवस्थामा बलात्कार अभियुक्तलाई ७ देखि १० वर्ष जेल सजाय हुने उल्लेख छ । कति वर्ष सजाय भन्ने...

नाबालिग बलात्कार मुद्दामा क्रिकेटर सन्दीप लामिछाने दोषी ठहर शुक्रबार, पुस १३, २०८० नाबालिग बलात्कार मुद्दामा क्रिकेटर सन्दीप लामिछाने दोषी ठहर भएका छन् । काठमाडौं जिल्ला अदालतका न्यायाधीश शिशिरराज ढकालको इजलासले उनलाई दोषी ठहर गरेको हो । उनलाई कति वर्ष कैद सजाय हुने भन्ने तोकिएको छैन । ३ वर्षभन्दा बढी कैद सजाय हुने मुद्दामा कसुर निर्धारणका लागि छुट्टै सुनुवाइ गर्नुपर्ने भएकाले शुक्रबार सजाय...

गोठाटारमा सोफा फ्याक्ट्रीमा आगलागी शुक्रबार, पुस १३, २०८० काठमाडौंको कागेश्वरी मनहरास्थित गोठाटारमा रहेको एउटा सोफा फ्याक्ट्रीमा आगलागी भएको छ । करिब दुई घण्टा अगाडिदेखि आगलागी सुरु भएको हो ।

सिरहामा आधा जलेको शव भेटियो शुक्रबार, पुस १३, २०८० सिरहामा जलेको अवस्थामा एक युवकको शव फेला परेको छ । धनगढीमाई नगरपालिका ६ स्थित गागन खोलामा आधा जलाएको अवस्थामा अन्दाजी २५/२६ वर्षीय युवकको शव फेला परेको हो ।सिरहाका प्रहरी उपरीक्षक टेकुइवा लिम्बुका अनुसार शुक्रबार बिहान ११ बजेतिर स्थानीयले आधा जलेको शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । पराल झारपातले...

सन्दीप लामिछानेविरुद्धको नाबालिग बलात्कार मुद्दामा बहस सकियो शुक्रबार, पुस १३, २०८० क्रिकेटर सन्दीप लामिछानेविरुद्धको नाबालिग बलात्कार मुद्दामा काठमाडौं जिल्ला अदालतमा बहस सकिएको छ । शुक्रबारसम्म सो मुद्दामा न्यायाधीश शिशिरराज ढकालको इजलासमा पीडित र पीडक दुवैतर्फका वकिलहरूले बहस गरिसकेका छन् ।

आन्दोलनरत सबैलाई कोरियन भाषा परीक्षामा सामेल गराउन उच्च अदालतको आदेश शुक्रबार, पुस १३, २०८० कोरियन भाषा परीक्षा (ईपीएस) दिन पाउनु पर्ने माग गर्दै आन्दोलन गरिरहेका सबैलाई परीक्षामा सामेल गराउन अदालतले आदेश दिएको छ ।उच्च अदालत पाटनका न्यायाधीश चन्द्रमणि ज्ञवालीको एकल इजलासले शुक्रबार यससम्बन्धी रिटमा सुनुवाइ गर्दै आवेदन दिन इच्छुक सबैलाई सामेल गराउन आदेश दिएको हो ।

बालकुमारी घटनामा दुई युवाको मृत्यु शुक्रबार, पुस १३, २०८० बालकुमारी घटनामा घाइते भएका अर्का युवाको पनि मृत्यु भएको छ ।कोरिया जानका लागि रोजगार अनुमति प्रणाली (ईपीएस) परीक्षा दिन नपाएको आक्रोशमा भएको आन्दोलनमा प्रहरीको गोली लागेर घाइते भएका अर्का युवा वीरेन्द्र शाहको मृत्यु भएको हो । उनको उपचारका क्रममा पाटन अस्पतालमा मृत्यु भएको हो ।

बालकुमारी घटनाबारे छानबिन गर्न डीआईजीको नेतृत्वमा समिति गठन शुक्रबार, पुस १३, २०८० दुई जनाको मृत्यु हुने गरी बालकुमारीमा भएको घटनाबारे छानबिन गर्न गृह मन्त्रालयले समिति बनाएको छ ।उपत्यका प्रहरी कार्यालयका डीआईजी लालमणि आचार्य नेतृत्वमा बनेको समितिमा ललितपुरका सहायक प्रमुख जिल्ला अधिकारी अमरदीप सुनुवार र राष्ट्रिय अनुसन्धान विभागका उपअनुसन्धान निर्देशक बासु सिग्देल सदस्य छन् ।

अमेरिका पठाइदिन्छु भन्दै रकम ठगी गर्ने महिला पक्राउ शुक्रबार, पुस १३, २०८० अमेरिका पठाइदिन्छु भन्दै १४ लाख ९० ठगी गरेको अभियोगमा काठमाडौं प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका– ४ घर भई हाल काठमाडौं महानगरपालिका– २६ सामाखुसी बस्ने ४६ वर्षीया पार्वती थापा छन् ।

बालकुमारी प्रदर्शनः प्रहरीको गोली लागेका एक प्रदर्शनकारीको मृत्यु शुक्रबार, पुस १३, २०८० ललितपुरको बालकुमारी घटनामा एक प्रदर्शनकारीको मृत्यु भएको छ । प्रहरीको गोली लागेर घाइते भएका एक युवकको ललितपुरको ग्वार्कोस्थित किष्ट अस्पतालमा मृत्यु भएको प्रहरी स्रोतले बतायो । उनको सनाखत भएको छैन् । थप विवरण आउन बाँकी छ ।

बालकुमारीमा प्रहरीले गर्यो हवाई फायर, १० जना प्रदर्शनकारी पक्राउ शुक्रबार, पुस १३, २०८० रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत कोरिया काम गर्न जान खोज्नेले ललितपुरको बालकुमारीमा गरेको प्रदर्शन नियन्त्रणमा लिन प्रहरीले गोली चलाएको छ । स्थिति नियन्त्रणमा लिन हवाई फायर गरिएको हो । प्रदर्शन नियन्त्रणमा लिन प्रहरीले अश्रुग्यास पनि प्रहार गरेको छ । प्रदर्शनकारीले भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वाला चढ्ने बा २ झ...

ईपीएस परीक्षार्थीको प्रदर्शनले बालकुमारी क्षेत्र तनावग्रस्त, प्रहरीले हान्यो अश्रुग्यास शुक्रबार, पुस १३, २०८० कोरिया जानका लागि आवश्यक रोजगारी अनुमति प्रणाली (ईपीएस) परीक्षाको विषयलाई लिएर भएको प्रदर्शनले ललितपुरको बालकुमारी क्षेत्र तनावग्रस्त बनेको छ । प्रदर्शनमा उत्रिएका युवाले सडक अवरुद्ध पार्दै सवारीसाधनमा आगजनी समेत गरेका छन् ।









