गौशाला-२६ को सहमतिबिना सन्दीपले सम्बन्ध राखेको अदालतको ठहर, सन्दीपले पीडितको नाजुक आर्थिक अवस्थाको फाइदा उठाए

काठमाडौं— जिल्ला अदालतले काठमाडौंले क्रिकेटर सन्दीप लामिछानेविरुद्ध बलात्कार मुद्दा दायर गर्ने गौशाला-२६ लाई बालिग ठहर गरेको छ ।
तर, उनीसँग सहमतिबिना शारीरिक सम्बन्ध राखेको भन्दै न्यायाधीश शिशिरराज ढकालले सन्दीपलाई दोषी मानेका छन् ।
अदालतको फैसलामा गौशाला २६ को नाजुक आर्थिक अवस्थासमेतको फाइदा उठाएर सन्दीपले शारीरिक सम्बन्ध राखेको दलिल गरिएको छ । यसकै आधारका बलात्कार ठहर्याइएको हो ।
१८ वर्षभन्दा मुनिको भएमा सहमतिको सम्बन्ध पनि बलात्कार मानिने कानून छ भने १८ वर्षभन्दा माथिको लाई जबरजस्ती करणी गरेमा बलात्कार मानिन्छ । सन्दीपले जबरजस्ती करणी गरेको न्यायाधीशले निष्कर्ष निकालेका छन् ।
यो पनि पढ्नुहोस
नाबालिग बलात्कार मुद्दामा क्रिकेटर सन्दीप लामिछाने दोषी ठहर
गौशाला-२६ बालिग ठहर, सन्दीपलाई ७ देखि १० वर्षसम्म जेल हुनसक्ने
प्रकाशित मिति: शुक्रबार, पुस १३, २०८० १९:२९