बलात्कार मुद्दामा लामिछाने दोषी ठहर
गौशाला-२६ बालिग ठहर, सन्दीपलाई ७ देखि १० वर्षसम्म जेल हुनसक्ने

काठमाडौं— सन्दीप लामिछानेलाई बलात्कार मुद्दामा दोषी ठहर गर्दै जिल्ला अदालत काठमाडौंले उनलाई सजायको आदेश दिएको छ ।
मुलुकी फौजदारी अपराध संहिता २०७४ को २१९ (ङ) अनुसार सजाय गर्ने फैसला न्यायाधीशले गरेका छन् । यो व्यवस्थामा बलात्कार अभियुक्तलाई ७ देखि १० वर्ष जेल सजाय हुने उल्लेख छ । कति वर्ष सजाय भन्ने अहिले निर्धारण भएको छैन ।
अदालतले गौशाला २६ लाई बालिग ठहर्याएको छ । उमेरले बालिग भएपनि जबरजस्ती करणी गरेको भन्दै अदालतले सन्दीपलाई सजाय सुनाएको हो ।
सजाय निर्धारणका लागि पुस २५ गते पेसी तोकिएको छ ।
प्रकाशित मिति: शुक्रबार, पुस १३, २०८० १९:१९