News Griha :: न्यूजगृह
आन्दोलनरत सबैलाई कोरियन भाषा परीक्षामा सामेल गराउन उच्च अदालतको आदेश

काठमाडौं— कोरियन भाषा परीक्षा (ईपीएस) दिन पाउनु पर्ने माग गर्दै आन्दोलन गरिरहेका सबैलाई परीक्षामा सामेल गराउन अदालतले आदेश दिएको छ ।

उच्च अदालत पाटनका न्यायाधीश चन्द्रमणि ज्ञवालीको एकल इजलासले शुक्रबार यससम्बन्धी रिटमा सुनुवाइ गर्दै आवेदन दिन इच्छुक सबैलाई सामेल गराउन आदेश दिएको हो ।

यसअघि पानी जहाज निर्माणको कामका लागि परीक्षा दिएर अनुत्तीर्ण भएका करिब २८ हजार परीक्षार्थीलाई पनि सामेल गराउन आदेश दिएको हो ।

यसअघि ईपीएस कार्यालयले अदालतको आदेश लिएर गएका १८ जनालाई मात्रै आवेदन भर्न दिइएको थियो। उनीहरूले शुक्रबार नै आवेदन दिइसकेका छन्।

तर बाँकीले आवेदन भर्न नपाएपछि आन्दोलन गरेका थिए। आन्दोलन चर्किँदै जाँदा भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाको गाडीमा आगजनी गरेका थिए।

मन्त्रीको गाडीमा आगजनी गरेपछि प्रहरीले बल प्रयोग गरेको थियो। त्यस क्रममा दुई जनाको मृत्यु भएको छ। केही घाइते भएका छन्। करिब ५० जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।

प्रकाशित मिति: शुक्रबार, पुस १३, २०८०  १६:४७
Weather Update