News Griha :: न्यूजगृह
सन्दीप लामिछानेविरुद्धको नाबालिग बलात्कार मुद्दामा बहस सकियो

काठमाडौं— क्रिकेटर सन्दीप लामिछानेविरुद्धको नाबालिग बलात्कार मुद्दामा काठमाडौं जिल्ला अदालतमा बहस सकिएको छ । शुक्रबारसम्म सो मुद्दामा न्यायाधीश शिशिरराज ढकालको इजलासमा पीडित र पीडक दुवैतर्फका वकिलहरूले बहस गरिसकेका छन् ।

सरकारी वकिल र पीडितका वकिलले बहस गरिसकेपछि आरोपित लामिछानेको पक्षका कानुन व्यवसायीले बहस गरेका थिए । त्यसपछि जबाफी बहस भएको थियो ।

त्यसक्रममा पीडित गौशाला २६ ले समेत आफ्ना कुरा राखेकी थिइन् । अदालतका अनुसार आजै साँझसम्म फैसला आउने सम्भावना रहेको छ ।

प्रकाशित मिति: शुक्रबार, पुस १३, २०८०  १७:१०
Weather Update