मन्त्रिपरिषद् बैठकको खाजा कटौती, वार्षिक ६० लाख रुपैयाँ जोगिनेसोमबार, पुस १६, २०८०

कारको ठक्करबाट दुईजनाको मृत्यु सोमबार, पुस १६, २०८० नेपालगञ्जबाट कोहलपुरतर्फ जाँदै गरेको सुदूरपश्चिम प्रदेश ०१००१च ३४६३ नं को कारले नेपालगञ्ज उपमहानगरपालिका–१८ कारकाँदोस्थित एसके पेट्रोलपम्प नजिकै गएराति ठक्कर दिँदा नेपालगञ्ज–१३ का २४ वर्षीया आस्था शाहको मृत्यु भएको छ ।

आजबाट अंग्रेजी नयाँ वर्ष सन् २०२४ सुरु सोमबार, पुस १६, २०८० ग्रेगोरियन पात्रोअनुसार सन् २०२३ को बिदाई र नयाँ वर्ष सन् २०२४ को स्वागतमा विश्वभर विभिन्न कार्यक्रमहरू आयोजना भइरहेका छन् । यश ख्रीष्टको जन्म भएको वर्षदेखि पादरी ग्रेगोरियनले शुरु गरेकाले यसलाई ग्रेगोरियन पात्रो भन्ने गरिन्छ । इस्वी संवत्को नयाँ वर्षको अवसरमा नेपालमा पनि शुभकामना आदानप्रदान, सांगीतिक प्रस्तुती लगायतका विभिन्न कार्यक्रमहरू भइरहेका...

तराईका अधिकांश स्थानमा हुस्सु, यी तीन प्रदेशमा हिमपात सोमबार, पुस १६, २०८० देशका केही भूभागमा आज हिमपातको सम्भावना रहेको छ । उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार बिहान कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रहेको छ । बाँकी भूभागमा मौसम सामान्यतया सफा छ । तराईका अधिकांश स्थानमा हुस्सु र...

सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर भूकम्प सोमबार, पुस १६, २०८० भूकम्पको केन्द्रबिन्दु उत्तरपूर्वी सिन्धुपाल्चोकको लिस्तिकोट रहेको केन्द्रले बताएको छ। नेपाल—चीन सीमावर्ती क्षेत्र भएर गएको उक्त भूकम्पको धक्का काभ्रेपलाञ्चोक, भक्तपुर र काठमाडौंसम्म महसुस गरिएको थियो ।

कोइलाखानी सुरुङभित्र मृत भेटिएका शिवराजको गोली हानेर भएको थियो हत्या आइतबार, पुस १५, २०८० दाङको बङ्गलाचुलीस्थित कोइलाखानीको सुरुङभित्र मृत भेटिएका व्यक्तिको गोली हानेर हत्या भएको खुलेको छ । घोराही उपमहानगरपालिका वडा नम्बर ६ अघराका ४५ वर्षीय शिवराज केसीको शव शुक्रबार बङ्गलाचुली गाउँपालिका वडा नम्बर ४ गदारी जङ्गलको कोइलाखानीमा ५० मिटर गहिरो सुरुङभित्र भेटिएको थियो ।
बाँकेको बाल सुधारगृहमा दुई समूहबीच ग्याङफाइट, स्थिति तनावग्रस्त आइतबार, पुस १५, २०८० बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले शनिबार सुधारगृहमा रहेका दुई समूहबीच झडप भएको र सोही विवादले उग्ररूप लिँदै आज थप तनाव भएको सूचना भएको जानकारी दिए ।

बालकुमारी घटना : पूर्व न्यायाधीशको नेतृत्वमा उच्चस्तरीय छानबिन समिति बन्ने आइतबार, पुस १५, २०८० सरकारले बालकुमारी घटनाको निष्पक्ष छानबिन गर्न उच्चस्तरीय छानबिन समिति गठन गर्ने भएको छ । आइतबार बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकमा यस्तो समिति गठन गर्ने सहमति बनेको हो । त्यसका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई आइतबारै निर्देशन दिएका छन् । सोमबार बिहान बस्ने मन्त्रिपरिषद् बैठकले समिति...

अपहरणकारीले फिरौती लिएर छाडे, घटनाको एक महिनापछि पीडित प्रहरीकोमा पुगे आइतबार, पुस १५, २०८० चाबहिलबाट रसुवा घर भएका पुरुषलाई अपहरण गरेको आरोपमा प्रहरीले ४ जनालाई पक्राउ गरेको छ । उक्त घटना मङ्सिर १० गतेको हो ।पीडितले प्रहरीलाई भर्खर खबर गरेपछि मात्रै घटना बाहिरिएको हो ।

बालकुमारीबाट पक्राउ परेकाविरुद्ध प्रहरीले मुद्दा नचाउने, ७३ जना नै छुटे आइतबार, पुस १५, २०८० शुक्रबार रोजगार अनुमति प्रणाली (ईपीएस) मार्फत कोरियामा काम गर्न जान खोज्नेहरुले गरेको प्रदर्शनको क्रममा पक्राउ गरिएकाहरूलाई छाड्ने निर्णय भएको हो । काठमाडौं उपत्यका प्रहरी कार्यालयका एआईजी दीपक थापाले भने, ‘पक्राउ गरिएकाहरूलाई मुद्दा नचलाउने निर्णय भएको छ ।’

मर्दी ट्रेकिङ गएका विदेशी पर्यटक सम्पर्कविहीन आइतबार, पुस १५, २०८० कास्कीको पोखराबाट मर्दी हिमालसम्म ट्रेकिङमा गएका एक विदेशी पर्यटक (पदयात्री) सम्पर्कविहीन भएका छन् ।उनी २४ घण्टादेखि सम्पर्कविहीन भएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।

वनभोजका लागि दाङ जाँदै गरेको बस दुर्घटना, २० जना घाइते आइतबार, पुस १५, २०८० बर्दियाबाट दाङ आउँदै गरेको भे १ ख २०४१ नम्बरको बस आइतबार बिहान राप्ती राजमार्गको अमेलिया–तुलसीपुर सडक खण्डमा पर्ने तुलसीपुर– १३ दमारगाउँमा दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय दाङका एसपी रामबहादुर केसीले जानकारी दिए ।

बझाङ केन्द्रबिन्दु भएर गयो भूकम्प आइतबार, पुस १५, २०८० उक्त भूकम्प ३.४ म्याग्निच्युडको रहेको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । बझाङ गत असोज १६ मा ६.३ म्याग्निच्युडको भूकम्प गएको थियो ।









