News Griha :: न्यूजगृह
मर्दी ट्रेकिङ गएका विदेशी पर्यटक सम्पर्कविहीन
तस्बिर : बीबीसी/नेपाली

काठमाडौं— कास्कीको पोखराबाट मर्दी हिमालसम्म ट्रेकिङमा गएका एक विदेशी पर्यटक (पदयात्री) सम्पर्कविहीन भएका छन् ।

उनी २४ घण्टादेखि सम्पर्कविहीन भएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ । 

मिचेल नाम गरेका स्विडेन नागरिक शनिबार बिहान करिब ४ बजे मर्दी हाई क्याम्पबाट बेस क्याम्प हिँडेका थिए । उनको खोजी भइरहेको कास्की प्रहरी प्रमुख एसपी मोहनकुमार थापाले जानकारी दिए । 

आइतबार बिहानसम्म सम्पर्कमा नआएपछि उनको खोजीमा वडा प्रहरी कार्यालय बगरको टोली बिहानैदेखि परिचालन गरिएको छ । 

प्रकाशित मिति: आइतबार, पुस १५, २०८०  १०:०६
Weather Update