वनभोजका लागि दाङ जाँदै गरेको बस दुर्घटना, २० जना घाइते

काठमाडौं— दाङको तुलसीपुरमा बस दुर्घटनामा परेको छ । दुर्घटनामा २० जना घाइते छन् ।
बर्दियाबाट दाङ आउँदै गरेको भे १ ख २०४१ नम्बरको बस आइतबार बिहान राप्ती राजमार्गको अमेलिया–तुलसीपुर सडक खण्डमा पर्ने तुलसीपुर– १३ दमारगाउँमा दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय दाङका एसपी रामबहादुर केसीले जानकारी दिए ।
वनभोजका लागि दाङ जाँदै गरेको बस सडक छेउको नालामा पल्टिएको एसपी केसीले जानकारी दिए । घाइतेलाई घटनास्थलबाट उद्धार गरेर तुलसीपुर प्रादेशिक अस्पताल लैजाने काम भइरहेको उनले बताए ।
प्रकाशित मिति: आइतबार, पुस १५, २०८० ०९:३८