बालकुमारीमा मारिएका वीरेन्द्र र सुजनको शव सेनाको स्काई ट्रकबाट सुर्खेत पठाइँदैमंगलबार, पुस १७, २०८०

नोबेल पुरस्कार विजेता युनुसलाई ६ महिना जेल सजाय मंगलबार, पुस १७, २०८० बङ्गलादेशको श्रम कानुन उल्लंघन गरेको अभियोगमा सोमबार अदालतले उनलाई जेल सजाय सुनाएको हो । युनुसका समर्थकहरूले जनवरी ७ मा हुन लागेको आम निर्वाचनअघि यो घटनालाई राजनीतिक रूपमा प्रेरित भएको बताएका छन् ।

दक्षिण कोरिया : विपक्षी दलका नेतामाथि चक्कु प्रहार मंगलबार, पुस १७, २०८० दक्षिण कोरियाका विपक्षी नेता ली जे म्युङमाथि चक्कु प्रहार भएको छ ।प्रस्तावित विमानस्थलको भ्रमणपछि आयोजित पत्रकार सम्मेलनका क्रममा ली जे म्युङमाथि चक्कु प्रहार भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।
-1702107356.jpg)
बागमती, कोशी र गण्डकी प्रदेशमा हिमपातको सम्भावना मंगलबार, पुस १७, २०८० हाल नेपालमा पश्चिमी बायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले देशका पहाडी भूभागमा आंशिक बदली रहेको छ भने तराईका अधिकांश स्थानहरूमा हुस्सु लागेको अवस्था छ ।आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रहनेछ । कोशी, बागमती र गण्डकी प्रदेशको उच्च...
बाँकेको बालसुधार गृहबाट १५ बालबन्दी फरार सोमबार, पुस १६, २०८० बाँकेको नौबस्तास्थित जयेन्दु बाल सुधारगृहमा आइतबारदेखि भएको झडपपछिको विवाद शान्त भएपनि त्यहाँ रहेका १५ जना कानुनको विवादमा परेका बालबन्दीहरु भने फरार छन् ।११६ जना बालबन्दी रहेको सो बाल सुधारगृहमा भएको झडपपछि भएको तोडफोडले दुई दिनसम्म अशान्ति रहेको थियो । अहिले बालगृहमा रहेका ११६ जनामध्ये १०१ जना मात्रै भेटिएका हुन्...

दिल्लीमा नेपाली युवतीलाई वेश्यावृत्तिमा लगाउने दम्पती पक्राउ सोमबार, पुस १६, २०८० प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोले दिल्लीमा नेपाली युवतीलाई वेश्यावृत्तिमा लगाएको आरोपमा दुई जनालाई पक्राउ परेको छ । पक्राउ पर्नेमा स्याङ्जाका ३५ वर्षीय टीकाराम भण्डारी र उनकी पत्नी ३१ वर्षीया अस्मिता भण्डारी छिन् ।

युरोप पठाइदिने भन्दै ठगी गरेको आरोपमा म्यानपावर सञ्चालक पक्राउ सोमबार, पुस १६, २०८० पौडेलले पदम कुमारी श्रेष्ठसमेत २ जनालाई वैदेशिक रोजगारीको लागि युरोप पठाइदिन्छु, त्यसको लागि २० लाख रुपैयाँ लाग्छ, युरोप पुगेपछि प्रतिष्ठित कम्पनीमा काम लगाइदिन्छु, मासिक ३ लाख रुपैयाँ भन्दा धेरै तलब हुन्छ भनी प्रलोभनमा पारी १९ लाख ६० हजार रुपैयाँ रकम लिई सम्पर्कविहीन भएका थिए ।

खानेपानी माग्दै पूर्वप्रधानमन्त्री खनालले बुझाए ज्ञापनपत्र सोमबार, पुस १६, २०८० काठमाडौं उपत्यका खानेपानी लिमिटेडमा सोमबार ज्ञापनपत्र बुझाउँदै उनले काठमाडौं उपत्यकामा तत्काल पर्याप्त पानी वितरणको माग गरे । काठमाडौंमा दैनिक ४० करोड लिटर पानी आवश्यक रहेकोमा १२ करोड लिटर मात्र वितरण भइरहेको भन्दै उनले मेलम्चीको पानी ल्याउने प्रणाली छिटो बनाएर खानेपानीको व्यवस्था गर्नुपर्ने बताए ।

बालकुमारी घटनामा सहमति : पीडित परिवारले शव बुझ्ने, सरकारले शहीद घोषणा गर्ने सोमबार, पुस १६, २०८० गत शुक्रबार ललितपुरको बालकुमारीमा प्रहरीसँग भएको झडपमा ज्यान गुमाएका दुईजना युवाका परिवार र सरकारबीच सहमति भएको छ।शुक्रबार बालकुमारीस्थित ईपीएस कोरिया शाखा कार्यालयमा परीक्षा फाराम भर्ने विषय भएको प्रदर्शनका क्रममा ज्यान गुमाएका अछामका वीरेन्द्र शाह र दैलेखका सुजन राउतका परिवारले सरकारसँग ४ बुँदे सहमति गरेका हुन्।

सर्वोच्चले माग्यो रायमाझी र पाण्डेलाई थुनामा पठाउने उच्च अदालतको आदेश सोमबार, पुस १६, २०८० न्यायाधीश कुमार रेग्मीको इजलासले रायमाझी र पाण्डेलाई थुनामा राख्ने आदेशको ‘कैफियत प्रतिवेदन’ मगाएको हो । थुनछेक आदेशका क्रममा न्यायाधीशहरूले किन र के आधारमा त्यो आदेश गरे भनी विस्तृत विवरण खुलाइएको विवरणपत्रलाई ‘कैफियत प्रतिवेदन’ भनिन्छ ।

सिंहदरबार छिरेर अर्धनग्न प्रदर्शन गर्ने तीन जना पक्राउ सोमबार, पुस १६, २०८० सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय अघि तीन जना युवाहरूले अर्धनग्न प्रदर्शन गरेका छन् । प्रदर्शन उत्रिएका उनीहरुलाई लगत्तै प्रहरीले नियन्त्रणमा लिएको छ ।

पक्राउ परेकी मन्त्री अनिता देवी बसिन अनशन सोमबार, पुस १६, २०८० मन्त्री देवी सोमबार बिहान धोती दिवस मनाउन माइतीघर मण्डलमा भेला हुने क्रममा पक्राउ परेकी थिइन् । ‘धोतीलाई राष्ट्रिय पोशाकको मान्यता दिइनुपर्ने, पक्राउ परेका नेताकार्यकर्तालाई अविलम्ब रिहा गरिनुपर्ने माग राखेर उहाँले अनशन सुरु गर्नुभएको छ,’ प्रहरी नियन्त्रणमै रहेका जनमत पार्टीका सचिव बीपी साहले भने ।

सुतेकै अवस्थामा बेहोस भेटिएका प्रहरी हवल्दारको मृत्यु सोमबार, पुस १६, २०८० सुतेकै अवस्थामा बेहोस फेला परेका उनलाई उपचारका लागि अस्पताल लगिएको थियो ।अस्पताल पुर्याएपछि उनको मृत्यु भएको प्रहरीले जनाएको छ । मृत्यु हुनेमा सङ्खुवासभा जिल्ला कारागारमा ड्युटीमा रहेका प्रहरी हवल्दार ४१ वर्षीय डिकबहादुर तामाङ छन् ।









