News Griha :: न्यूजगृह
युरोप पठाइदिने भन्दै ठगी गरेको आरोपमा म्यानपावर सञ्चालक पक्राउ

काठमाडौं— वैदेशिक रोजगारीका लागि युरोप पठाइदिने बहानामा झण्डै २० लाख रुपैयाँ ठगी गरेको आरोपमा म्यानपावर सञ्चालक पक्राउ परेका छन् ।

काभ्रेको पनौती नगरपालिका–१ बस्ने मार्स म्यानपावर सञ्चालक ४१ वर्षीय जयराम पौडेललाई प्रहरीले पक्राउ गरेको हो ।

पौडेलले पदम कुमारी श्रेष्ठसमेत २ जनालाई वैदेशिक रोजगारीको लागि युरोप पठाइदिन्छु, त्यसको लागि २० लाख रुपैयाँ लाग्छ, युरोप पुगेपछि प्रतिष्ठित कम्पनीमा काम लगाइदिन्छु, मासिक ३ लाख रुपैयाँ भन्दा धेरै तलब हुन्छ भनी प्रलोभनमा पारी १९ लाख ६० हजार रुपैयाँ रकम लिई सम्पर्कविहीन भएका थिए ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले जयरामलाई पुस १२ गते कोटेश्वरबाट पक्राउ गरेको हो । उनलाई थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको छ ।

प्रकाशित मिति: सोमबार, पुस १६, २०८०  १९:५५
Weather Update