News Griha :: न्यूजगृह
१० वर्षीया बालिकामाथि पटकपटक बलात्कार, ५५ वर्षीय पुरूष पक्राउ
१० वर्षीया बालिकामाथि पटकपटक बलात्कार, ५५ वर्षीय पुरूष पक्राउ बारम्बार बलात्कारको पीडामा परेकै कारण नाबालिगमा विभिन्न स्वास्थ्य समस्या देखिएको प्रहरी भनाइ छ। निन्द्रामा चिच्याउने, डराउने, अरुबेला पनि तर्सिने समस्या बालिकामा छ । उनलाई अहिले उपचारका लागि अस्पतालमा राखिएको छ।
सिन्धुपाल्चोकमा ४.७ म्याग्नेच्युडको भूकम्प
सिन्धुपाल्चोकमा ४.७ म्याग्नेच्युडको भूकम्प राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बिहीबार बिहान १०:१७ बजे भूकम्प गएको हो। सिन्धुपाल्चोकको पाँचपोखरी थाङपाल गाउँपालिकास्थित तीनकुण्ड केन्द्रबिन्दु बनाएर उक्त भूकम्प गएको हो। 
जापान भूकम्प : ७३ जनाको मृत्यु, १५ बेपत्ताको सूचीमा [अपडेट]
जापान भूकम्प : ७३ जनाको मृत्यु, १५ बेपत्ताको सूचीमा [अपडेट] सोमबारको भूकम्पको केन्द्रबिन्दु टोकियोबाट करिब ३०० किलोमिटर टाढा नोटो नजिक थियो । भूकम्पका कारण सुनामीको चेतावनी जारी गरिएको थियो, जसका कारण केही ठाउँमा एक मिटरभन्दा अग्लो छालहरू निस्केका थिए । यस्तो विपद्मा विशेषगरी पहिलो ७२ घण्टा निकै महत्वपूर्ण हुने विज्ञहरू बताउँछन ।
हतकडीसहित फरार भएका थुनुवा पक्राउ
हतकडीसहित फरार भएका थुनुवा पक्राउ जिल्ला अदालत काठमाडौं परिसरबाट हतकडीसहित फरार भएका थुनुवालाई प्रहरीले भक्तपुरको दुवाकोटबाट पक्राउ गरेको छ । बुधबार जिल्ला अदालत काठमाडौं परिसरबाट फरार भएका विमल खड्कालाई बिहीबार बिहान दुवाकोटबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । 
चारवटा प्रदेशमा आंशिक बदली, कोशी र गण्डकीमा हिमपातको सम्भावना
चारवटा प्रदेशमा आंशिक बदली, कोशी र गण्डकीमा हिमपातको सम्भावना  हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले हाल कोशी, मधेस, बागमती र गण्डकी प्रदेशमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको छ । आज दिउँसो कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी  भूभागमा मौसम सामान्यतया...
भूकम्पको पूर्वतयारी गरेनौँ भने ठूलो जोखिम उठाउनुपर्ने हुनसक्छ : प्रधानमन्त्री
भूकम्पको पूर्वतयारी गरेनौँ भने ठूलो जोखिम उठाउनुपर्ने हुनसक्छ : प्रधानमन्त्री  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विपत्‌को जोखिमबाट बच्न पूर्वतयारी आवश्यक रहेको बताएका छन् । बुधबार दिउँसो ललितपुरमा आयोजित भूकम्प प्रभावित क्षेत्रमा विपत् व्यवस्थापन तथा पुनर्निर्माण सम्बन्धी अन्तरक्रियामा बोल्दै नेपाल प्राकृतिक दृष्टिले जोखिमयुक्त मुलुक भएकाले त्यसबाट बच्न राम्रो पूर्वतयारी आवश्यक रहेको बताएका हुन् ।
चार्जमा राखिएको एमजी ब्रान्डको विद्युतीय गाडीमा कसरी लाग्यो आगो?, के भन्छ आयात कम्पनी ?
चार्जमा राखिएको एमजी ब्रान्डको विद्युतीय गाडीमा कसरी लाग्यो आगो?, के भन्छ आयात कम्पनी ? उक्त घटनाको सम्बन्धमा कम्पनीलाई जानकारी भएपश्चात् तत्काल सोही दिन यस कम्पनीका प्राविधिक कर्मचारीसमेतको टोली स्थलगत रूपमा घटनास्थलमा अवलोकन गरी हेर्दा र स्थानीय प्रहरी प्रभाग बुढानिलकण्ठबाट भएको सर्जमिन मुचुल्का र प्रभागको पत्र ब्यहोरा समेतमा भएको विवरण अनुसार उक्त घटनामा जलेको गाडी विद्युत् प्रवाह भएको घरबाट केही स्थान पर खुला स्थानमा पार्किङ  ...
अध्यागमनका कर्मचारी किन भए प्रहरीसँग असन्तुष्ट? 
अध्यागमनका कर्मचारी किन भए प्रहरीसँग असन्तुष्ट?  असन्तुष्टिलाई लिएर सबै कर्मचारी अध्यागमन विभाग पुगेपछि कम्तिमा आधा घण्टा सेवा प्रभावित भएको हो । विभागका महानिर्देशक रुद्रसिंह तामाङले ‘कर्मचारीहरू गुनासो सुनाउन निस्किँदा केही समस्या भएको बताए । उनले भने, ‘यद्यपि, कुनै विमान नै डिले हुने गरी उहाँहरु आउनु भएको होइन ।’
कोरोनाको नयाँ भेरियन्टको जोखिम बढ्यो, सतर्कता अपनाउनू : स्वास्थ्य मन्त्रालय
कोरोनाको नयाँ भेरियन्टको जोखिम बढ्यो, सतर्कता अपनाउनू : स्वास्थ्य मन्त्रालय कोभिड—१९ को सब भेरियन्ट जेएन.१ संक्रमण दर उच्च हुनुको साथै विश्वव्यापी रुपमा बढ्दो छ । छिमेकी देश भारतमा पनि यसको संक्रमण पुष्टि भइसकेको छ । नेपालमा पुष्टि नभइसके पनि संक्रमण फैलिने जोखिम छ । त्यसैले स्वास्थ्य मन्त्रालयले भिडभाड हुने स्थानमा जनस्वास्थ्यका मापदण्ड पालना गर्न, मास्कको प्रयोग गर्न, भौतिक दूरी कायम...
‘बुलेट किराती’को रिहाइको माग गर्दै मेची राजमार्ग बन्द, यात्रुहरू मर्कामा
‘बुलेट किराती’को रिहाइको माग गर्दै मेची राजमार्ग बन्द, यात्रुहरू मर्कामा कोशी नामकरणको विरुद्ध आन्दोलन गरिरहेका पहिचानवादी समूहले मेची राजमार्गमा सवारी साधन आवतजावतमा रोक लगाएको छ । ‘प्रदेश १ पुन: नामांकन संयुक्त संघर्ष समिति’ ले बन्दका क्रममा पक्राउ परेका कार्यकर्ता रिहाईको माग गर्दै मेची राजमार्गमा यातायात सेवा अवरुद्ध पारेको हो । 
सर्वोच्च अदालतको मुख्य रजिस्ट्रारमा ढकाल सिफारिस
सर्वोच्च अदालतको मुख्य रजिस्ट्रारमा ढकाल सिफारिस सर्वोच्च अदालतको मुख्य रजिष्ट्रारमा देवेन्द्र ढकाललाई नियुक्तिका लागि सिफारिस गरिएको छ ।न्याय सेवा आयोगको बुधबार बसेको बैठकले सर्वोच्च अदालतको मुख्य रजिष्ट्रारमा देवेन्द्र ढकाललाई नियुक्तिका लागि सिफारिस गर्ने निर्णय गरेको हो ।
२० लाख रुपैयाँ हिनामिना गरेको आरोपमा नोबेल अस्पतालका तीनजना कर्मचारी पक्राउ
२० लाख रुपैयाँ हिनामिना गरेको आरोपमा नोबेल अस्पतालका तीनजना कर्मचारी पक्राउ नोबेल अस्पतालको २० लाख रुपैयाँ हिनामिना गरेको आरोपमा तीनजना कर्मचारी पक्राउ परेका छन् । अस्पतालको काउन्टरमा संकलन हुनुपर्ने रकममध्ये करिब २० लाख रुपैयाँ हिनामिना गरेको आरोपमा तीनजना कर्मचारीलाई प्रहरीले पक्राउ गरेको हो ।
Weather Update