News Griha :: न्यूजगृह
हतकडीसहित फरार भएका थुनुवा पक्राउ

काठमाडौं— जिल्ला अदालत काठमाडौं परिसरबाट हतकडीसहित फरार भएका थुनुवालाई प्रहरीले भक्तपुरको दुवाकोटबाट पक्राउ गरेको छ । 

बुधबार जिल्ला अदालत काठमाडौं परिसरबाट फरार भएका विमल खड्कालाई बिहीबार बिहान दुवाकोटबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । 

डलर देखाएर लुटपाट गरेको आरोपमा प्रहरी वृत्त स्वयम्भुले खड्कालाई पक्राउ गरेको थियो । सो मुद्दामा कारागार चलान भएका खड्कालाई महाराजगञ्ज प्रहरीमा परेको अर्को मुद्दाको सिलसिलामा प्रहरीले हिजो अदालत लगेको थियो ।

त्यही बेला प्रहरीको आँखा छलेर फरार भएका थिए । 

प्रकाशित मिति: बिहीबार, पुस १९, २०८०  १०:२४
Weather Update