News Griha :: न्यूजगृह
सिन्धुपाल्चोकमा ४.७ म्याग्नेच्युडको भूकम्प

काठमाडौं—  सिन्धुपाल्चोक केन्द्रविन्दु बनाएर ४.७ म्याग्‍नेच्युडको भूकम्प मापन भएको छ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बिहीबार बिहान १०:१७ बजे भूकम्प गएको हो। सिन्धुपाल्चोकको पाँचपोखरी थाङपाल गाउँपालिकास्थित तीनकुण्ड केन्द्रबिन्दु बनाएर उक्त भूकम्प गएको हो। 

उक्त भूकम्प काठमाडौं, भक्तपुर, ललितपुर लगायत आसपासका जिल्लामा पनि महसुस भएको थियो। 

प्रकाशित मिति: बिहीबार, पुस १९, २०८०  ११:०६
Weather Update