News Griha :: न्यूजगृह
राइड सेयरिङ एप टुटलका संस्थापक शिक्षित भट्ट पक्राउ, के हो आरोप?
राइड सेयरिङ एप टुटलका संस्थापक शिक्षित भट्ट पक्राउ, के हो आरोप? नेपाल प्रतिलिपि अधिकार रजिष्ट्रारको कार्यालयमार्फत उजुरी आएपछि भट्टराई नियन्त्रणमा लिइएको एसएसपी खत्रीले बताए ।भट्टविरूद्ध प्रतिलिपि अधिकार र आपराधिक विश्वासघात गरेको उजुरी परेको थियो । सुरुमा पार्टनर रहेका व्यक्तिले उनीविरूद्ध मुद्दा हालेको एसएसपी खत्रीले बताए । 
काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापनबाट टाढिँदै मेयरहरू, सरकारलाई जिम्मा लगाउने तयारी
काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापनबाट टाढिँदै मेयरहरू, सरकारलाई जिम्मा लगाउने तयारी नेपाल सरकारलाई नै फोहोर व्यवस्थापनको काम गर्न आग्रह गर्ने निर्णय गरिएको ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले बताए । उपत्यकाभित्रका सबै नगरपालिकाको फोहोर व्यवस्थापन गर्न सरकारलाई नै अनुरोध गर्ने निर्णय फोरमले गरेको उनले जानकारी दिए । 
इजरायल–हमास युद्ध लम्बिने खतरा, अमेरिकी विदेशमन्त्री चौथोपटक इजरायलमा
इजरायल–हमास युद्ध लम्बिने खतरा, अमेरिकी विदेशमन्त्री चौथोपटक इजरायलमा तनावपूर्ण अवस्थालाई मध्यनजर गर्दै अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केन इजरायल पुगेका छन् । आफ्नो भ्रमणका क्रममा अमेरिकी विदेशमन्त्रीले अन्य धेरै अरब देशको पनि भ्रमण गर्न सक्नेछन् । इजरायल–हमास युद्ध सुरु भएयता एन्टोनी ब्लिन्केनको यो चौथो इजरायल भ्रमण हो । 
कम चलाउँदा पनि बिग्रिन्छ कार 
कम चलाउँदा पनि बिग्रिन्छ कार  लामो समयसम्म कार नचलाउँदा गाडीको टायरमा पनि प्रतिकूल असर पर्छ । लामो समयसम्म कारलाई एकै ठाउँमा पार्किङ गर्दा कारको टायरका केही भागहरूमा बढी दबाब पर्छ । यसका साथै कारको टायरमा रहेको हावा पनि बिस्तारै कम हुन थाल्छ । एकै ठाउँमा कम हावा र दबाबका कारण टायर सुक्न थाल्छ । जब...
जयशङ्करले गरे पशुपतिमा पूजा र वृक्षरोपण 
जयशङ्करले गरे पशुपतिमा पूजा र वृक्षरोपण  दुई दिने औपचारिक नेपाल भ्रमणमा रहेका भारतीय विदेशमन्त्री डा एस जयशङ्करले पशुपतिनाथ मन्दिरको दर्शन गरेका छन् । बिहीबार काठमाडौं आइपुगेकै दिन उच्चस्तरीय भेटवार्ता गरेका जयशङ्करले शुक्रबार बिहान पशुपतिनाथ मन्दिरको दर्शनसँगै रुद्राक्षको वृक्षारोपण समेत गरेका छन् ।
एकैपटक ४ हजार ९२ जना प्रहरी सहायक हवलदारको सरूवा
एकैपटक ४ हजार ९२ जना प्रहरी सहायक हवलदारको सरूवा नेपाल प्रहरीका ४ हजार ९२ जना प्रहरी सहायक हवलदारको एकैपटक सरूवा भएको छ ।प्रहरी प्रधान कार्यालयले आवश्यकता अनुसार सरूवा गर्ने भएकाले विभिन्न कार्यालयमा कार्यरत प्रहरी सहायक हवलदारलाई अन्यत्र सरूवा गरिएको जनाएको छ । 
त्रिविको उपकुलपति पदका लागि दरखास्त आह्वान, यस्तो छ मापदण्ड
त्रिविको उपकुलपति पदका लागि दरखास्त आह्वान, यस्तो छ मापदण्ड यसअघि प्रधानमन्त्री प्रचण्डले विश्वविद्यालयमा हुने राजनीतिक नियुक्तिको अन्त्य गर्दै मेरिटका आधारमा उपकुलपति छनौट गर्ने घोषणा गरेका थिए । त्रिभुवन विश्वविद्यालयका कुलपति तथा प्रधानमन्त्री प्रचण्डको घोषणा कार्यान्वयन गर्दै सिफारिस समितिले योग्यता र अनुभवका आधारमा नेपाली नागरिकबाट उपकुलपति चयन गर्ने प्रक्रिया आरम्भ गरेको हो ।
पाथीभरा क्षेत्रमा हिमपात, चिसो बढेपछि तीर्थयात्रीहरू प्रभावित
पाथीभरा क्षेत्रमा हिमपात, चिसो बढेपछि तीर्थयात्रीहरू प्रभावित ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरासहित आसपास क्षेत्रमा हिमपात भएको छ । हिमपात भएसँगै त्यस क्षेत्रमा चिसो अत्यधिक बढेर जनजीवन प्रभावित बनेको छ । पाथीभरा धाम ३ हजार ७ सय ९४ मिटर उचाइमा अवस्थित छ । यहाँ सामान्यतया हरेक वर्ष यो मौसममा चैतसम्म बेला बेलामा हिमपात हुने गर्दछ । चिसो निकै बढेपछि...
काठमाडौंको तापक्रम ३.८ डिग्रीसेल्सियस
काठमाडौंको तापक्रम ३.८ डिग्रीसेल्सियस 'आज यो वर्ष हालसम्मकै कम तापक्रम छ । बिहान ६ बजे काठमाडौंको तापक्रम ३.८ डिग्रीसेल्सियस मापन गरिएको छ,' मौसमविद् प्रतिभा मानन्धरले भनिन्, 'यद्यपि, यो भन्दा न्यून तापक्रम हुने सम्भावना पनि हुन्छ । जनवरी वर्षकै चिसो महिना हुने भएकाले तापक्रम यो भन्दा घट्ने सम्भावना पनि छ ।' 
तराईमा हुस्सु, यी तीन प्रदेशमा हल्का हिमपात
तराईमा हुस्सु, यी तीन प्रदेशमा हल्का हिमपात हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले हाल देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको छ । तराईका धेरै स्थानहरूमा हुस्सु लागेको छ ।
खाद्य कम्पनीमा राखिएका च्याङ्ग्रा कसरी मरे ?
खाद्य कम्पनीमा राखिएका च्याङ्ग्रा कसरी मरे ? खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको लापरबाहीले दसैँ र तिहारमा नबिकेका मध्ये २० वटा च्याङ्ग्रा कुकुरको टोकाइबाट मरेका छन् । कम्पनीले दसैँ तिहारमा बेच्न ल्याएका सबै च्याङ्ग्रा बिक्री भएका थिएनन्। दसैँ तिहारमा बिक्री नभएर बाँकी रहेका ४७ वटा च्याङ्ग्रा मध्ये २० वटा च्याङ्ग्रा मरेको कम्पनीले बताएको छ ।
अब पशुपतिमा हुने आरती र दीप प्रज्ज्वलनको भिडिओ खिच्न नपाइने
अब पशुपतिमा हुने आरती र दीप प्रज्ज्वलनको भिडिओ खिच्न नपाइने अबदेखि पशुपतिनाथ मन्दिरस्थित आर्यघाट क्षेत्रको वाग्मती नदी किनारमा हुने गंगा आरती र कोर क्षेत्रमा हुने दीप प्रज्वलनको भिडिओ खिच्न रोक लगाइएको छ ।पशुपति क्षेत्र विकास कोषद्वारा स्वीकृति प्राप्त बुढासुब्वा डिजिटल प्रालिले एक सूचनामार्फत आरती र दीप प्रज्वलनको भिडिओ खिचेर सामाजिक सञ्जालमा राखे कारबाही हुने जनाएको छ ।
Weather Update