News Griha :: न्यूजगृह
अब पशुपतिमा हुने आरती र दीप प्रज्ज्वलनको भिडिओ खिच्न नपाइने

काठमाडौं— अबदेखि पशुपतिनाथ मन्दिरस्थित आर्यघाट क्षेत्रको वाग्मती नदी किनारमा हुने गंगा आरती र कोर क्षेत्रमा हुने दीप प्रज्वलनको भिडिओ खिच्न रोक लगाइएको छ ।

पशुपति क्षेत्र विकास कोषद्वारा स्वीकृति प्राप्त बुढासुब्वा डिजिटल प्रालिले एक सूचनामार्फत आरती र दीप प्रज्वलनको भिडिओ खिचेर सामाजिक सञ्जालमा राखे कारबाही हुने जनाएको छ ।

हिन्दुहरूको पवित्र धार्मिकस्थल पशुपतिनाथ क्षेत्रमा हरेक साँझ आरती हुने गर्छ । आरती हेर्न ठूलो सङ्ख्यामा मानिसहरूको उपस्थिति हुन्छ ।

आरती र दीप प्रज्वलनको भिडिओ खिच्न रोक लगाइएको सूचनापछि सर्वसाधारणले आलोचना गरेका छन् ।

प्रकाशित मिति: शुक्रबार, पुस २०, २०८०  ०५:५५
Weather Update